सिटिइभिटी अन्तरगत यी प्राविधिक विषयहरु खारेज

राष्ट्रिय चिकित्साशिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत स्वास्थ्य विषयका प्राविधिक कार्यक्रम खारेज गरेको छ । साउन ३० गते बसेको आयोगको बैठकले प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गरेको उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीले जानकारी दिनुभयो ।

चिकित्सा शिक्षा ऐनको दफा ४२ अनुसार प्रमाणपत्र तहभन्दा मुनिका सबै कार्यक्रम यसै शैक्षिक सत्रबाट बन्द गर्ने निर्णय भएको उहाँले बताउनुभयो । उहाँले यो खारेज व्यवस्था ऐनमा नै रहेको र आफुहरुले सो व्यवस्थाको कार्यान्वयन गर्न खोजेको बताउनुभयो।

पहिला – पहिला विद्यार्थीहरु कम थिए र खारेज गर्न पर्ने थिएन तर अहिले विद्यार्थी वृद्धि भएकाले प्राविधिक एसएलसी सरहको कार्यक्रम बन्द गर्ने निर्णय गरेका हौ गिरीले भन्नुभयो । उहाँका अनुसार अब त्रिभूवन विश्वविद्यालयले संचालन गर्दै आएको पिसिएल नर्सिङ विषयमा पनि यो वर्षदेखि भर्ना लिन पाइने छैन ।

यो निर्णयपछि अनमी, सिएमए, ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ वटा कलेजको सम्बन्धन पनि खारेज भएको छ ।
श्रोत हेल्थ पाटी

ताजा खबर

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?