पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।

निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर रु १।५० ले वृद्धि गरेको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो ।

यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने रु १०४ पुगेको छ । यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर रु ९० पुगेको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन ।

निगमले हालको मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको शहर विरगञ्जमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ आठ पैसा र डिजलमा प्रतिलिटर ३६ रुपैयाँ ६९ पैसा नेपालतर्फ सस्तो रहेको छ ।

नेपालतर्फ पेट्रोलियम पदार्थ सस्तो हुँदा अनाधिकृत रुपमा भारततर्फ तस्करी समेत हुने गरेको छ । निगमले यसअघि भने जुलाई १६ मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने भएपनि उपभोक्ताको हितलाई हेरेर मूल्य वृद्धि नगरेको समेत स्मरण गरेको छ ।खबरहव 

ताजा खबर

समाजसेवी ऐरीको पहलमा मालिकार्जुन आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मालिकार्जुन आधारभूत...

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन ‘इन्नेक्स २०२६’ सुरु

कञ्चनपुर, ५ मंसिर। सुदूरपश्चिम विश्वविद्यालयमा सूचना प्रविधि र नवप्रवर्तनको क्षेत्रमा...

भीमदत्त–७ मा ब्रह्मदेव राजमार्गको झाडी सफाइ, सडकमा सौर्यबत्ती जडान गरिने

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ स्थित ब्रह्मदेव राजमार्गअन्तर्गत...

उत्कृष्ट खेलाडीलाई मदन चन्दद्वारा ट्र्याकसुट वितरण

कञ्चनपुर, १५ कार्तिक  कञ्चनपुर को भीमदत्त नगरपालिका–७ हल्दुखालमा आयोजित खुला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?