निर्मला प्रकरणः एसपी विष्ट सहित आठ जना निर्दोष ठहर,के को आधारमा पाए सफाइ ?

देवेन्द्र खड्का
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा २ वर्ष देखी मुद्दा खेपिरहेका प्रहरीले सफाइ पाएका छन् ।

निर्मला बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा यातना दिएको तथा प्रमाण नष्ट गरेको आरोपमा तत्कालिन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट सहित आठ जना प्रहरीले सफाइ पाएका हुन् ।

बिहीवार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले उनीहरुलाई सफाइ दिने फैसला सुनाएको हो ।

यातना दिएको कसुरमा प्रहरीले अभियुक्त भनी सार्वजनिक गरेका दिलिप सिंह विष्टको शरिरमा कुनै प्रकारको चोटपटक नलागेको,अदालतमा आफुलाई प्रहरीले यातना दिएको भनि नखुलाएको आधारमा र प्रमाण नष्ट गरेको कसुरमा निर्मलाको लाश पानीमा डुबेकोले शरिरमा हिलो लागेको भएर निजको शरिरमा कुनै चोटपटक लागेको छ वा छैन भनि हेर्न निजको शरिर तथा कपडा धुने काम पनि अनुसन्धानको बाटो भएको आधारमा उनिहरुलाई सफाइ दिने फैसला सुनाइएको कंचनपुर जिल्ला अदालतका श्रेष्तेदार यदुराज शर्माले बताए ।

अनुसन्धानमा खटेका तत्कालीन कञ्चनपुरका प्रहरी उपरिक्षक दिल्लीराज विष्ट, प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्र खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी, जवान चाँदनी साउँद र केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)बाट गएका प्रहरी नायव उपरिक्षक अंगुर जिसीमाथि पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो ।

उनीहरु विरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेकोमा र प्रहरीले अभियुक्त भनी सार्वजनिक गरेका दिलिपसिंह विष्टका तर्फबाट दिलिपका दाजु खड्कसिंह विष्टले यातना दिएको आरोपमा प्रहरीमा उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमार्फत् कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । त्यसपछि २०७५ साल चैतमा उनिहरु धरौटीमा रिहा भएका थिए ।

डीएसपी अंगुर जिसी यातना सम्बन्धी मुद्दामा ५ लाख र प्रमाण नष्ट गरेको मुद्दामा ४ लाख रुपैयाँ धरौटी छुटेका थिए भने तत्कालीन एसपी दिल्लीराज विष्ट प्रमाण नष्ट गरेकोमा साढे ४ लाख र यातना दिएकोमा ६ लाख गरी कूल साढे १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

त्यस्तै दुबै मुद्धामा इन्स्पेक्टर एकेन्द्र खड्का र डीएसपी ज्ञानबहादुर सेठीलाई जनही ९ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

त्यसैगरी, प्रमाण नष्ट गरेको आरोपमा इन्स्पेक्टर जगदीश भट्टलाई ४ लाख, सई हरसिंह धामीलाई ३ लाख ५० हजार, सई रामसिंह धामीलाई ३ लाख, जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी माग गरिएको थियो ।

तत्कालीन एसपी विष्ट र वडा प्रहरी कार्यालयका तत्कालीन प्रमुख प्रहरी निरिक्षक जगदीशप्रसाद भट्टलाई प्रहरीले सेवाबाट हटाइसकेको छ भने अरु सबै प्रहरी निलम्बनमा छन् ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?