शुक्लाफाँटा–८ का वडा अध्यक्ष महरामाथी आक्रमण, कार्यालयमा तोडफोड

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका वडा नं.८ का वडाध्यक्ष बहादुर सिंह महरामाथि कुटपिट भएको छ । नेपाल तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा आएका युवाहरुले वडा अध्यक्ष महरामाथी कुटपिट गरेका हुन् । आइतबार विहान ११ बजे वडा कार्यालय पुगेका युवाहरुले कार्यालयमा तोडफोडका साथै आफुमाथि आक्रमण गरको वडा अध्यक्ष महाराले बताए ।

यता तरुण दलका वडा सभापति ठगुन्नाले भने शनिवार बेलुकी आफ्नो भाइलाई बीचबाटोमा रोकेर अध्यक्ष महराले विनाकारण कुटपिट गरेको आरोप लगाएका छन् । आइतबार बिहान छलफलका लागि आफु वडा कार्यायमा जाँदा अध्यक्ष महराले दुर्व्यवहार गर्दै आफूलाई डस्टर प्रहार गरेकोले आफूले पनि हातपात गरेको ठगुन्नाको भनाइ छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए ।

सम्बन्धित शिर्षक

ताजा खबर

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?