सुदूरपश्चिमेली नेपाली समाजद्धारा सुदूरपश्चिम प्रदेशका खेलाडीहरुलाई कोभिड–१९ विरुद्ध एक वर्षे बिमाका लागि आर्थिक सहयोग

दिनेश खड्का ‘खप्तडी’

महेन्द्रनगर । सुदूरपश्चिमेली नेपाली समाजले सुदूरपश्चिम प्रदेशका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई कोभिड–१९ विरुद्ध एक वर्षे बिमाका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

सोमबार एक कार्यक्रमका बिच सुदूरपश्चिमेली समाजले प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई कोभिड–१९ विरुद्ध एक बर्षे बिमाको लागि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

देश तथा विदेशमा रहेका सुदूरपश्चिमेलीहरुलाई कुनै समस्या परेमा त्यस्ता समस्या समाधानका लागि विदेशमा रहेका सुदूरपश्चिमेलीहरुले स्थापना गरेको सुदूरपश्चिमेली नेपाली समाजको परोपकारी अभियान अन्तर्गत प्रदेशमा रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको कोभिड–१९ बिरुद्ध एक बर्षे बिमा गराउनको लागि ५१ हजार रुपैयाको चेक रकम नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीलाई हस्तान्त्रण गरिएको सुदुरपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेतन थापाले बताए ।

उनका अनुसार प्रदेशका करिब ३ सय ४० जना खेलाडीहरुको कोरोना विरुद्धको बिमाको लागि रकम हस्तान्तरण गरिएको हो ।

उक्त रकम हस्तान्त्रण कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिका पुर्व दक्षिण एसिया संयोजक ज्ञानेन्द्र बहादुर सिंह, भारत केन्द्रिय अध्यक्ष दिपक प्रकाश मल्ल ,भारत महाराष्ट्र राज्य सल्लाहकार प्रेम खड्का,नेपाल समन्वय समिति सदस्य धुर्व बहादुर मल्ल,कतार केन्द्रीय संस्थापक सल्लाहकार भीम बहादुर बलायर,खेलाडी,पत्रकार तथा विभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सुदूरपश्चिमेली नेपाली समाजले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएको छ ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?