बझाङका पहिरो प्रभावित २० परिवारको विचल्ली,अझै पाएनन् राहत

महेन्द्रनगर । बझाङको केदारस्यँु गाउँपालिका–८ मल्लेसीमा शुक्रबार राति अविरल वर्षासँगै गएको पहिरोमा परेर विस्थापित २० परिवारले अझै राहत पाउन सकेका छैनन् ।

पहिरो गएको ३६ घण्टा बितिसक्दापनि राहत नपाउदा विस्थापित परिवार बिचल्लीमा परेका छन् ।

पहिरा प्रभावित २० परिवारले खाद्यान्न, लत्ताकपडा लगायतका राहत सामाग्री नपाउँदा उनीहरु विचल्लीमा परेका केदास्युँ गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहराले बताए ।

उनका अनुसार पहिरोमा परि धनजन गुमाएका २० परिवारका १ सय ५१ जनाले अहिले सम्मपनि राहत नपाउँदा उनिहरु विचल्लीमा परेका हुन् । उनले भने ‘पहिरो गएको यतिको समय बितिसक्दापनि राहत नपाउँदा पहिरो प्रभावित परिवारको व्यवस्थापनमा समस्या भएको छ ।’

पहिरोले घरै बगाएपछि लत्ताकपडा, खाना,बस्नका लागी समस्या भएको उनले बताए ।

‘पहिरो प्रभावित २० परिवारलाई स्थानीय नवादेव प्राथमिक विद्यालयको भवनमा राखिएको छ ।’वडाध्यक्ष बोहराले भने ‘पीडितहरु जसोतसो विद्यालय भवनमा बसे पनि खाना र ओड्ने बिछ्याउनेको अभाव रहेको छ ।’

वडाध्यक्ष बोहोराका अनुसार राहत सामाग्री नपुग्दा प्रभावितहरुका लागि छरछिमेक, इष्टमित्रबाट लत्ताकपडा जुटाउने काम भइरहेको छ ।

उनले भने ‘मैले घटनास्थलमा राहत सामाग्री भोली सम्म पुग्न सक्छ भन्ने खबर पाएको छु ।’ यद्यपी उता प्रभावित परिवारका लागी शनिबारनै राहत सामाग्री घटनास्थलतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।

‘सदमुकामबाट प्रभावित क्षेत्रमा पुग्ने सडक र पैदल मार्गसमेत बाढीपहिरोले बगाएपछि राहत सामाग्री ओसार्न सकिएको छैन्,’ उनले भने, ‘राहत सामाग्री बाटोमै छ ।’

घटनास्थलमा हेलिकप्टर ल्याण्ड गर्न नसकिने भएपछि राहत शनिबार सदमुकाम चैनपुर ल्याइएको थियो ।

पहिरोमा पुरीएका १२ वर्षिय प्रयाग जेठारा,८० वर्षिय दले जेठारा,४० वर्षिया राममती जेठारा र १३ वर्षिया अस्मिता जेठारा, १३ वर्षिया सन्तु जेठारा,१५ वर्षिया शान्ति जेठाराको शव शनिबारनै भेटिएको छ भने २२ वर्षीय गिरी जेठारा अझै सम्पर्कविहिन रहेका वडाध्यक्ष बोहराले बताए ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?