बझाङ पहिरो अपडेटः ६ जनाको शव फेला,एक जनाको खोजी जारी

महेन्द्रनगर । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गएको पहिरोमा पुरिएका ६ जनाको शव भेटिएको छ ।

गएराती १ बजेतिर गएको पहिरोमा पुरीएका ७ जनामध्ये ६ जानको शव भेटिएको र अन्य एक जना अझै सम्पर्कविहिन रहेको केदारस्युँ गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहराले बताए ।

उनका अनुसार पहिरोमा पुरीएका १२ वर्षिय प्रयाग जेठारा,८० वर्षिय दले जेठारा,४० वर्षिया राममती जेठारा र १३ वर्षिया अस्मिता जेठारा, १३ वर्षिया सन्तु जेठारा,१५ वर्षिया शान्ति जेठाराको शव भेटिएको छ ।

तर २२ वर्षिया गिरी जेठारा भने अझै सम्पर्क विहिन रहेको र हाल उनको खोजी कार्य भैरहेको वडाध्यक्ष बोहराले बताए । उनले भने ‘ अहिले दुर्गाथली र धोताको प्रहरी टोली पुगेको छ । र अहिले बेपत्ता भएकाको खोजी कार्य भइरहेको छ ।

’यद्यपी नेपाली सेना,ससस्त्र प्रहरी बल, तथा डिएसपी सहितको टोली अझै नपुगेको उनले बताए ।

उनका अनुसार उद्दारका लागि सुरक्षाकर्मी ढिलोगरी आउने खबर पाएसँगै स्थानीयले आफै उद्दार थालेका थिए । ‘पहिरोले १८ घर बगाएको छ ।अन्य पशुचौपायाहरु पनि मरेका छन् ।’ उनले भने ‘पानी परेकाले उद्दारमा पनि समस्या परिरहेको छ ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?