बझाङ पहिरो अपडेटः ६ जनाको शव फेला,एक जनाको खोजी जारी

महेन्द्रनगर । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गएको पहिरोमा पुरिएका ६ जनाको शव भेटिएको छ ।

गएराती १ बजेतिर गएको पहिरोमा पुरीएका ७ जनामध्ये ६ जानको शव भेटिएको र अन्य एक जना अझै सम्पर्कविहिन रहेको केदारस्युँ गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहराले बताए ।

उनका अनुसार पहिरोमा पुरीएका १२ वर्षिय प्रयाग जेठारा,८० वर्षिय दले जेठारा,४० वर्षिया राममती जेठारा र १३ वर्षिया अस्मिता जेठारा, १३ वर्षिया सन्तु जेठारा,१५ वर्षिया शान्ति जेठाराको शव भेटिएको छ ।

तर २२ वर्षिया गिरी जेठारा भने अझै सम्पर्क विहिन रहेको र हाल उनको खोजी कार्य भैरहेको वडाध्यक्ष बोहराले बताए । उनले भने ‘ अहिले दुर्गाथली र धोताको प्रहरी टोली पुगेको छ । र अहिले बेपत्ता भएकाको खोजी कार्य भइरहेको छ ।

’यद्यपी नेपाली सेना,ससस्त्र प्रहरी बल, तथा डिएसपी सहितको टोली अझै नपुगेको उनले बताए ।

उनका अनुसार उद्दारका लागि सुरक्षाकर्मी ढिलोगरी आउने खबर पाएसँगै स्थानीयले आफै उद्दार थालेका थिए । ‘पहिरोले १८ घर बगाएको छ ।अन्य पशुचौपायाहरु पनि मरेका छन् ।’ उनले भने ‘पानी परेकाले उद्दारमा पनि समस्या परिरहेको छ ।

ताजा खबर

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई...

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

खुला भलिबल प्रतियोगिता शुरु

 सञ्जय महर, असार २५ कञ्चनपुरको महेन्द्रनगरमा खुला पुरुष भलिबल...

वाढीले भत्काएको सुुडा पुल ठेक्का सम्झौता अघि नै पुर्ननिर्माण 

  सुनिल राना कञ्चनपुर, २५ असार काम गरे के हुँदैन, यो उदाहरण...

वाढीले भत्किएको महेन्द्रराजमार्ग सुडा पुल समय अगावै निर्माण सम्पन्न

कञ्चनपुर, २४ असार । गत बर्ष भिषणा बर्षासंगै २३ असार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?