सुदूरपश्चिमका विभिन्न जिल्लामा आज थप १ सय १६ जनामा कोरोना पुष्टिः कुन जिल्लामा कती थपिए ?

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको सख्या १ हजार ३ सय ५८ पुगेको छ ।

प्रदेशमा सोमबार एकै दिन १ सय १६ जनामा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा सुदूरपश्चिमका ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै यसअघि आजै (मंगलवार) धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परीक्षणका थप ४९ जनामा कोरोना पुष्टि भएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा मंगलवार संक्रमित अछामका २, बझाङका १९, बाजुराका २०, डडेल्धुराका १, कैलालीका १६ र कञ्चनपुरका ९ जना रहेका छन् ।

त्यस्तै यता धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परीक्षणमा संक्रमित हुनेमा कैलालीको गोदावरी नगरपालिकाका ३०,२५,२४,३०,२३,२२,६५,२१,२५,२१,३०,२९ वर्षिया महिला,३,४,वर्षिया र ५ महिने बालिका, ५९,२९,३२,२१,३०,२७,२८,१८,१९,२८,३७,३०,३४,१८,१०,२४,२२,२४,३१,२४,३०,२५,१८,३०,८,२३,१०,४०,४ वर्षिया पुरुष रहेका छन् ।

त्यस्तै कैलालीको भजनीका २९ वर्षिया महिला,कैलालीकै ४२ वर्षिया महिला, बाजुराका २० वर्षिया पुरुष,कञ्चनपुरको बेलौरी नगरपालिकाका २६ वर्षिया पुरुष र बझाङका ७० वर्षिया पुरुष रहेका छन् ।

ताजा खबर

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई...

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?