सुदूरपश्चिममा एकैदिन थप ७६ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या एक हजार नाघ्यो

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको सख्या एक हजार ९ पुगेको छ । प्रदेशमा एकै दिन ७६ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढी स्थित कोरोना परिक्षण प्रयोगशालामा गरीएको परिक्षणमा  ४३ जना र राष्ट्रिय जनास्वाथ्य प्रयोशाला टकुमा गरीएको परिक्षणमा ३३ जनामा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परिक्षणमा संक्रमित हुनेमा डडेल्धुराका ३ महिला,११ पुरुष, डोटीका २ महिला, १४ पुरुष र कैलालीका ३ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यता धनगढी स्थित कोरोना परिक्षण प्रयोगशालामा गरीएको परिक्षणमा संक्रमित हुनेमा कैलालीको धनगढी उपमहानगरपालीकाका ३ महिला, १५ पुरुष, गोदावरी नगरपालीकाका ३ महिला, ५ पुरुष, टिकापुर नगरपालीकाका एक पुरुष, मोहन्याल गाउँपालीकाका २ पुरुष रहेका छन् ।

त्यस्तै कञ्चनपुरको शुक्लाफांटा नगरपालीकाका एक महिला, बेलौरी नगरपालीकाका एक पुरुष, पुनर्वास नगरपालीकाका एक पुरुष, बाजुराका एक महिला,एक पुरुष, बैतडीको सिगास गाउँपालीकाका २ पुरुष, डोटीको पूर्विचौकी गाऊँपालीका एक पुरुष, शिखर नगरपालीकाका एक महिला,३ पुरुष, डडेल्धुराको गन्यापधुरा गाउँपालीकाका २ पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

ताजा खबर

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?