सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३३ अर्ब ३८ करोडको बजेट

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर रावलले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको वार्षिक आय व्यय विवरणमा चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख ६० हजार अर्थात ४२.७ प्रतिशत विनियोजन गरिएको छ ।

त्यस्तै पूँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार अर्थात ५०.२ प्रतिशत, वित्तीय व्यवस्थातर्फ ३० करोड रुपैयाँ र अन्तर सरकारी वित्त हस्तान्तरणका लागि २ अर्ब १३ करोड ५० लाख विनियोजन गरिएको छ ।

बजेटको स्रोतमा आन्तरिक राजस्व परिचालन बाट ६० करोड ७० लाख ३० हजार, नेपाल सरकारबाट राजस्व बाडफाड भई प्राप्त हुने अनुमानित ७ अर्ब ८७ करोड ३६ लाख, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तिय व्यवस्थापन आयोगबाट बाडफाँड भरुई ७ करोड, वित्तिय समानिकरण बाट ८ अर्व ७ करोड ६८ लाख, ससर्त अनुदानबाट ४ अर्ब ३९ करोड ३५ लाख, सम्पुरक अनुदानबाट १ अर्व २६करोड २९ लाख, विशेष अनुदानबाट ४८ करोड ५० लाख, विकास साझेदारहरुबाट बजेट प्रणाली मार्फत परिचालन हुने सहायता रकम १ अर्व ८९ लाख १५ हजार र चालु आर्थिक वर्षकै मौज्दात १० अर्व ५९ लाख ३६ करोड रहेको मन्त्री रावलले बताएका छन् ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?