विश्वभर कोरोना संक्रमित ७० लाख नाघे, ४ लाख बढीको मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ७० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७० लाख १५ हजार १२८ पुगेको छ ।

अमेरिकामा सबैभन्दा बढी १९ लाख ४२ हजार ३६३ संक्रमित फेला परेका छन् । त्यस्तै ब्राजिलमा ६ लाख ९१ हजार ७५८ संक्रमित फेला परेका छन् । रुसमा पनि संक्रमितको संख्या चार लाख ६७ हजार ७३ पुगेको छ ।

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि चार लाख दुई हजार ८५२ पुगेको छ । अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख १० हजार ५१४ पुगेको छ भने बेलायतमा कोरोना भाइरसको कारण ४० हजार ६२५ जनाको मृत्यु भइसकेको छ । ब्राजिलमा पनि ३६ हजार ४५५ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसका ३१ लाख ४२ हजार ४४० संक्रमित निको भएर घर फर्किसकेका छन् ।अनलाइनखबर

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?