एकै दिन थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २६ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार दैलेखमा मात्र ११३ जना संक्रमित थपिएका छन् ।

उनीहरु मध्ये १०८ जना नारायण नगरपालिका र ७ जना नौमुले नगरपालिकाको क्वारेन्टिनमा छन् ।

यस्तै रौतहटमा ६५ जना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमित मध्ये इशनाथ नगरपालिकाका ४६, गुजराका ८, गढीमाईका ७ जना छन् भने चन्ऽपुर माधवनरायण र फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका एकएक जना छन् । उनीहरु सबै भारतबाट फर्किएर हाल क्वारेन्टिनमा बसेका व्यक्तिहरु छन् ।

यससँगै नेपालमा संक्रमितको संख्या २६ सय ३४ पुगेको छ । उनीहरु मध्ये १० जनाको मृत्यु भएको छ भने २९० जना कोरोना मुक्त भएका छन् ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?