कञ्चनपुरका ८, कैलालीका १० र अछामका १० गरी सुदूरपश्चिममा २८ जनामा कोरोना संक्रमण

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा एकै दिन थप २८ जनामा कोरोना पुष्टी भएको छ ।

कञ्चनपुरका ८, कैलालीका १० र अछामका १० जना गरी मंगलवार सुदूरपश्चिम प्रदेशमा थप २८ जनामा कोरोना पुष्टी भएको हो ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परिक्षणमा कचनपुरका ८, कैलालीका १० र सुर्खेतको प्रयोगशालामा गरीएको परिक्षणमा अछामका १० जनामा कारोना संक्रमण पुष्टी भएको छ ।

संक्रमित हुनेमा कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३३, ३५, ३६ र ५२ बर्षीय पुरुष, लालझाडी गाउँपालिकाका ३३ बर्षीय पुरुष, आईविआरडी स्थितको क्वारेन्टिनमा रहेका २८ र ३० बर्षीय पुरुष र महाकाली अस्पतालमा रहेका ५० बर्षीय पुरुष रहेका  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्यायले बताए ।

त्यस्तै कैलालीको  धनगढी उप–महानगरपालिकाका ३२ बर्षीय पुरुष,टीकापुर नगरपालिकाका २०, ३५ र ६३ बर्षीय पुरुष र १८ बर्षीय युवती, गौरीगंगा नगरपालिकाका १९, २०, २४, २८ र ३२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय कैलाली  प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।

अछामको मेल्लेख गाउँपालिकाका ६ जना पुरुष, २ महिला,  चौरपाटी गाउपालीकाका एक जना र मंगलसैन नगरपालिकाका एक जना पुरुषगरी जम्मा १० गरी जिल्लामा संक्रमितको संख्या १३ पुगेको जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले बताए ।

यो संगै सुदूरपश्चिमका कोरोना संक्रमितको संख्या ७३ पुगेको छ ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?