कञ्चनपुरका ८, कैलालीका १० र अछामका १० गरी सुदूरपश्चिममा २८ जनामा कोरोना संक्रमण

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा एकै दिन थप २८ जनामा कोरोना पुष्टी भएको छ ।

कञ्चनपुरका ८, कैलालीका १० र अछामका १० जना गरी मंगलवार सुदूरपश्चिम प्रदेशमा थप २८ जनामा कोरोना पुष्टी भएको हो ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परिक्षणमा कचनपुरका ८, कैलालीका १० र सुर्खेतको प्रयोगशालामा गरीएको परिक्षणमा अछामका १० जनामा कारोना संक्रमण पुष्टी भएको छ ।

संक्रमित हुनेमा कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३३, ३५, ३६ र ५२ बर्षीय पुरुष, लालझाडी गाउँपालिकाका ३३ बर्षीय पुरुष, आईविआरडी स्थितको क्वारेन्टिनमा रहेका २८ र ३० बर्षीय पुरुष र महाकाली अस्पतालमा रहेका ५० बर्षीय पुरुष रहेका  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्यायले बताए ।

त्यस्तै कैलालीको  धनगढी उप–महानगरपालिकाका ३२ बर्षीय पुरुष,टीकापुर नगरपालिकाका २०, ३५ र ६३ बर्षीय पुरुष र १८ बर्षीय युवती, गौरीगंगा नगरपालिकाका १९, २०, २४, २८ र ३२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय कैलाली  प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।

अछामको मेल्लेख गाउँपालिकाका ६ जना पुरुष, २ महिला,  चौरपाटी गाउपालीकाका एक जना र मंगलसैन नगरपालिकाका एक जना पुरुषगरी जम्मा १० गरी जिल्लामा संक्रमितको संख्या १३ पुगेको जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले बताए ।

यो संगै सुदूरपश्चिमका कोरोना संक्रमितको संख्या ७३ पुगेको छ ।

ताजा खबर

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?