दिदीको घरबाट हिँडेका दाजुभाइ दुई सातादेखि वेपत्ता

रुकुमपूर्व । भूमे गाउँपालिका–२, काँक्रीका सहोदर दुई दाजुभाइ दुई सातादेखि वेपत्ता छन्।

पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हराएका हुन्।

पारिवारिक स्रोतका अनुसार यही जेठ ४ गते दाजुभाइ दिदीको घर रोल्पा थबाङ गएका थिए। दिदीकहाँ बसेर जेठ ६ गते घर आउन भनी थबाङबाट हिँडे पनि अहिलेसम्म उनीहरु सम्पर्कमा आएका छैनन्।

थबाङबाट बाटो लाग्दासम्म सम्पर्कमा रहेका उनीहरु साँझसम्म पनि घर नफर्केको बुवा पलबहादुरले जानकारी दिए।

हराएको १९ दिनसम्म पनि दुई छोरा सम्पर्कमा नआएपछि खोजिदिन परिवारले सबैमा आग्रह गरेको छ।

परिवारले उनीहरुको खोजी गरिदिनका लागि प्रहरीमा सोमबार निवेदन पनि दिएको छ। रासस

ताजा खबर

दोधाराचाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि रुख कटानी शुरु

कञ्चनपुर, २६ बैशाख । पश्चिम नेपाल कञ्चनपुरको दोधाराचाँदनीमा निर्माण हुने...

तिन दिने फारवेष्ट ट्रयाभल मार्ट आयोजना हुने

कञ्चनपुर, २४ वैसाख भीमदत्त नगरपालिकाको आयोजना तथा नेपाल पर्यटन बोर्डको...

बेलडाँडी भैंसी किसान राना मृत भेटिएको १५ दिन बित्दा कहाँ पुग्यो प्रहरी अनुसन्धान ?

विमल धामी बेलडाँडी २४ बैशाख । “एक इमानदार श्रमिक, मेहनती भैंसी...

नेपाली बीरताको प्रतिक ‘नालापानी किल्ला’

मोहन विष्ट, देहरादुन झण्डै अढाई सय अर्थात २ सय ६५...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?