अफगानिस्तानः दुई छुट्टाछुट्टै हमलामा दुई नवजात शिशुसहित ४० जनाको मृत्यु

एजेन्सी

मंगलबार अफगानिस्तानमा भएका दुई छुट्टाछुट्टै हमलामा नवजात शिशुसहित ४० जनाको मृत्यु भएको छ।

अफगानिस्तानको राजधानी काबुल स्थित अन्तर्राष्ट्रिय मानवीय संगठन डक्टर्स विथवाउट बोर्डरद्वारा संचालित प्रसूति क्लिनिकमा एक बन्दुकधारी समूहले पुलिसको भेषमा आक्रमण गर्दा दुई नवजात शिशु सहित १६ जना मारिएका छन्।

यसैगरी मंगलबारै नान्गहरमा एक पुलिस कमान्डरको अन्त्यष्टिमा आत्मघाती बम आक्रमणका हुँदा २४ जना व्यक्ति मारिएका छन्।

उक्त कार्यक्रममा सरकारी अधिकारीहरू र संसद सदस्यको उपस्थित थिए। मृत्यु हुने संख्या अझ बढी हुनसक्ने त्यहाँका अधिकारीहरुको भनाइ छ।

उक्त बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेट आतंकवादी समूहको अफगान सम्बद्ध इस्लामिक स्टेट खोरासनले लिएको द साइट इन्टेलिजेन्स ग्रुपलेु जनाएको छ।

तर काबुलमा भएको हमलाका लागि तत्काल कसैले जिम्मेवारी लिएको छैन।

इस्लामिक राज्य आतंकवादी समूह नान्गहरमा संक्रिय रहँदै आएकाले आशंका उसैमाथि सोझिएको छ।

यो समूहले हालैका महिनाहरुमा काबुलमा उच्च प्रोफाइलका हमला गरेका थिए। सोमबारमात्रै सुरक्षा बलले समूहको क्षेत्रीय नेतालाई पक्राउ गरेका थिए।

गृह मन्त्रालयले सार्वजनिक गरेको फोटोहरूमा अस्पतालमा दुई नवजात शिशु मृत अवस्थामा देखाइएको छ। एक तस्बिरमा भुँइमा पछारिएकी एक महिलाको हातमा बच्चा च्यापिरहेको देख्न सकिन्छ।

रोयटर्सका अनुसार तस्वीरमा देखिएकी ती महिला भने बाँच्न सफल भएको र हाल उनको अर्को अस्पतालको आइसियूमा उपचार भइरहेको छ।

ुसार्वजनिक स्थानको सुरक्षाका लागि तालिबान र अन्य आतंकवादी समूहहरूको आक्रमण र धम्कीलाई रोक्न, म अफगान सुरक्षा बललाई सक्रिय सुरक्षा मोडबाट आक्रमिक हिसाबमा शत्रुको बिरूद्ध आफ्नो अभियान सुरु गर्न आदेश दिइरहेको छुु, राष्ट्रपति अश्रफ घानीले एक टेलिभिजन अन्तर्वार्तामा आक्रमणको निन्दा गर्दै भने।

घटनाको बेलायत, जर्मनी, टर्की र पाकिस्तान लगायतका देशहरूले निन्दा गरेका छन्।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?