अफगानिस्तानः दुई छुट्टाछुट्टै हमलामा दुई नवजात शिशुसहित ४० जनाको मृत्यु

एजेन्सी

मंगलबार अफगानिस्तानमा भएका दुई छुट्टाछुट्टै हमलामा नवजात शिशुसहित ४० जनाको मृत्यु भएको छ।

अफगानिस्तानको राजधानी काबुल स्थित अन्तर्राष्ट्रिय मानवीय संगठन डक्टर्स विथवाउट बोर्डरद्वारा संचालित प्रसूति क्लिनिकमा एक बन्दुकधारी समूहले पुलिसको भेषमा आक्रमण गर्दा दुई नवजात शिशु सहित १६ जना मारिएका छन्।

यसैगरी मंगलबारै नान्गहरमा एक पुलिस कमान्डरको अन्त्यष्टिमा आत्मघाती बम आक्रमणका हुँदा २४ जना व्यक्ति मारिएका छन्।

उक्त कार्यक्रममा सरकारी अधिकारीहरू र संसद सदस्यको उपस्थित थिए। मृत्यु हुने संख्या अझ बढी हुनसक्ने त्यहाँका अधिकारीहरुको भनाइ छ।

उक्त बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेट आतंकवादी समूहको अफगान सम्बद्ध इस्लामिक स्टेट खोरासनले लिएको द साइट इन्टेलिजेन्स ग्रुपलेु जनाएको छ।

तर काबुलमा भएको हमलाका लागि तत्काल कसैले जिम्मेवारी लिएको छैन।

इस्लामिक राज्य आतंकवादी समूह नान्गहरमा संक्रिय रहँदै आएकाले आशंका उसैमाथि सोझिएको छ।

यो समूहले हालैका महिनाहरुमा काबुलमा उच्च प्रोफाइलका हमला गरेका थिए। सोमबारमात्रै सुरक्षा बलले समूहको क्षेत्रीय नेतालाई पक्राउ गरेका थिए।

गृह मन्त्रालयले सार्वजनिक गरेको फोटोहरूमा अस्पतालमा दुई नवजात शिशु मृत अवस्थामा देखाइएको छ। एक तस्बिरमा भुँइमा पछारिएकी एक महिलाको हातमा बच्चा च्यापिरहेको देख्न सकिन्छ।

रोयटर्सका अनुसार तस्वीरमा देखिएकी ती महिला भने बाँच्न सफल भएको र हाल उनको अर्को अस्पतालको आइसियूमा उपचार भइरहेको छ।

ुसार्वजनिक स्थानको सुरक्षाका लागि तालिबान र अन्य आतंकवादी समूहहरूको आक्रमण र धम्कीलाई रोक्न, म अफगान सुरक्षा बललाई सक्रिय सुरक्षा मोडबाट आक्रमिक हिसाबमा शत्रुको बिरूद्ध आफ्नो अभियान सुरु गर्न आदेश दिइरहेको छुु, राष्ट्रपति अश्रफ घानीले एक टेलिभिजन अन्तर्वार्तामा आक्रमणको निन्दा गर्दै भने।

घटनाको बेलायत, जर्मनी, टर्की र पाकिस्तान लगायतका देशहरूले निन्दा गरेका छन्।

ताजा खबर

लटिनाथ मावि दार्चुलाका विद्यार्थी माल कञ्चनपुरमा छाडा बिरामी पशुको उपचार गर्दैै

कञ्चनपुर, साउन १४ दूरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुलाका एक विद्यार्थी...

नेपाल आमाको मूर्ति बनाउन दानेश्वर हरी बहुमुखी क्याम्पसद्वारा आर्थिक सहयोग

कञ्चनपुर, १३ साउन । कञ्चनपुरकोे एक क्याम्पसले जिल्लाको उत्तरी भेग...

सुपवि स्ववियु स्थगित प्रकरण ः क्रान्तिकारीविच कुटाकुट ः पाटीले ग¥यो, क्रान्तिकारी नेता विष्टलाई कार्बाही

कञ्चनपुर, १२ साउन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस निर्वाचनको विषयलाई लिएर...

काँग्रेस नेता साउदले मागे, निर्मला हत्यारामाथि कार्बाही

कञ्चनपुर, साउन ११ नेपाली काँग्रेस नेता एनपी साउदले निर्मलाका हत्यारामाथि...

माओवादी निकट महिला संगठनको प्रशन, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा सार्वजनिक कहिले हुन्छन ?

माओवादी निकट महिला संगठनको प्रश्न, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?