कोरोना भाइरसः बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या १८ पुग्यो

रासस

लण्डन । बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भई हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए ।

आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको थियो । अस्पतालले परिवारलाई जानकारी गराएको थियो । बेलायतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

ताजा खबर

दोधाराचाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि रुख कटानी शुरु

कञ्चनपुर, २६ बैशाख । पश्चिम नेपाल कञ्चनपुरको दोधाराचाँदनीमा निर्माण हुने...

तिन दिने फारवेष्ट ट्रयाभल मार्ट आयोजना हुने

कञ्चनपुर, २४ वैसाख भीमदत्त नगरपालिकाको आयोजना तथा नेपाल पर्यटन बोर्डको...

बेलडाँडी भैंसी किसान राना मृत भेटिएको १५ दिन बित्दा कहाँ पुग्यो प्रहरी अनुसन्धान ?

विमल धामी बेलडाँडी २४ बैशाख । “एक इमानदार श्रमिक, मेहनती भैंसी...

नेपाली बीरताको प्रतिक ‘नालापानी किल्ला’

मोहन विष्ट, देहरादुन झण्डै अढाई सय अर्थात २ सय ६५...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?