कोरोना भाइरसः इटालीमा कती पुग्यो मृत्यु हुनेको संख्या ?

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ ।

विश्वमा संक्रमितको संख्या सबैभन्दा बढी अमेरिकामा रहेपनि ज्यान गुमाउनेको संख्या भने इटालीमा सबैभन्दा धेरै रहेको छ । बुधबारसम्म इटालीमा ज्यान गुमाउनेको संख्या १७ हजार ६ सय ६९ पुगेको छ ।

इटालीमा एकैदिन ५४२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार ६६९ पुगेको हो ।

इटालीमा एकैदिन ३ हजार ८३६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३९ हजार ४२२ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये २६ हजार ४९१ जना उपचारपछि निको भएका छन् । ३ हजार ६९३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । ९५ हजार २६२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८८ हजार ४०३ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १५ लाख १३ हजार २४५ भन्दा बढी छ ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?