नेपालमा पनि कोरोना भाइरस प्रवेशःभाइरसबाट बच्न के गर्ने, के नगर्ने ?

काठमाडौं । अहिले विश्वभर कोरोना भाइरसको त्रास फैलिएको छ । यो भाइरसबाट अहिलेसम्म तीन लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने १४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

नेपालमा पनि कोरोना भाइरसको प्रवेश भइसकेको छ । फ्रान्सबाट फर्केकी एक नेपाली महिलामा यो संक्रमण देखिएको हो । यसले गर्दा धेरै मानिसहरु डराउन थालेका छन् ।

तर कोरोना भाइरससँग डराउनुभन्दा पनि सतर्कता अपाउनु आवश्यक हुन्छ ।

कोरोनाको संक्रमण नफैलियोस भनेर सरकारले विभिन्न कदम चालेको छ । यस्तो बेला सरकारले गरेको निर्णयहरु पालना गर्दै प्रत्यक्ष व्यक्तिले आफू सुरक्षित हुन आवश्यक सावधानीहरु अपनाउनुपर्छ ।

कोरोनाबाट कसरी सुरक्षित रहने त रु केही सतर्कताका उपाय यहाँ उल्लेख गरिएको छ–

नियमित हात धुने

कोरोना भाइरसबाट बच्ने एउटा उपाय नियमितरुपमा हात धुनु हो । मानिसले विभिन्न सम्पर्कको माध्यमबाट हातमा भाइरसका जीवाणु सारेको हुन सक्छ ।जस्तो कि कसैसँग हात मिलाउँदा, कोरोनाको जीवाणु भएको ढोकाको ह्याण्डल वा कुनै सतहमा छुँदा भाइरसहरु हातमा सर्छन् ।

हात नधोई अनुहारमा छुँदा उक्त भाइरस हाम्रो शरीरमा प्रवेश गर्छन् र त्यसबाट संक्रमण फैलिन्छ । त्यसबाट बच्न बेलाबेलामा साबुनपानीले हात धुनुपर्छ । यसले भाइरसको संक्रमणबाट बचाउन सहयोग गर्छ ।

घर बाहिर ननिस्किने

कोरोना भाइरस कुनै लक्षण नदेखिएका मानिसबाट पनि सर्न सक्ने विभिन्न अध्ययनले देखाइसकेका छन् । कुन मानिसलाई भाइरसको संक्रमण छ भन्ने बाहिरबाट हेरेर थाहा हुँदैन । त्यसैले घरबाहिर निस्किँदा भाइरस आफ्नो शरीरमा प्रवेश गर्ने जोखिम बढी हुन्छ ।

सकेसम्म घरमा नै बस्दा भाइरसबाट बच्न सकिन्छ । बाहिर निस्किनै पर्ने अवस्था आए यथेष्ट सावधानी अपनाउनुपर्छ । भाइरस रोक्ने खालका कपडा र मास्क अनिवार्य लगाउनुपर्छ । अनावश्यक भीडभाडबाट टाढै बस्नुपर्छ भने बाटोमा हिँड्दा पनि अर्को मानिससँग केही दूरी कायम राख्नु राम्रो हुन्छ ।

सार्वजनिक स्वास्थ्य सुझावको पालना

कोरोना भाइरसबाट बच्ने एक महत्वपूर्ण उपाय स्थानीय स्वास्थ सुझावको पालना गर्नु हो । स्थानीय स्तरमा भाइरसको प्रकोप वा जोखिम कत्तिको छ भन्ने आधारमा स्थानीय स्वास्थ्य निकायले सुझाव दिने गर्छ ।

त्यसैले उक्त निकायले दिएको सुझावलाई अनिवार्य रुपमा पालना गर्नाले कोरोना भाइरसबाट बच्न सकिन्छ । नेपालमा पनि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले सकेसम्म घरमा नै बस्न सुझाव दिइसकेको छ ।

प्रतिरक्षा क्षमता बढाउने

कुनै पनि रोगसँग लड्न मानिसको प्रतिरक्षा क्षमता निकै महत्वपूर्ण हुन्छ । कोरोना भाइरसले पनि कमजोर प्रतिरक्षा क्षमता भएका मानिसलाई आक्रमण गर्छ ।

त्यसैले यो रोगबाट बच्न आफ्नो प्रतिरक्षा क्षमता बढाउनु आवश्यक छ । त्यसको लागि आफ्नो आनिबानीमा ध्यान दिनुपर्छ । स्वस्थ खाना र स्वस्थ बानीले पनि मानिसको प्रतिरक्षा क्षमता बढाउँछ ।

शान्त रहने प्रयास

कोरोना भाइरसबाट बच्न सबैभन्दा पहिला आफ्नो मानसिक स्वास्थ्यलाई बलियो पार्नुपर्छ । कुनै हल्ला वा अफवाहबाट प्रभावित नभई आफ्नो सुरक्षाको लागि आवश्यक काम गर्दै जानुपर्छ । धेरै डराउने, आत्तिने गर्नु हुँदैन ।

यो एउटा कमजोर भाइरस हो । यो भाइरसको संक्रमण भएको खण्डमा पनि आफ्नो स्वास्थ्यको राम्रो स्याहार गरेको खण्डमा निको हुन्छ ।

विश्वभर ३ लाख ३८ हजारभन्दा बढी मानिसमा देखिएको यो संक्रमणबाट करिब १ लाख मानिस निको भएर घर फर्किसकेका छन् भने २ लाख १४ हजारभन्दा बढी मानिसमा यो भाइरसको सामान्य मात्र संक्रमण छ । त्यसैले यो भाइरससँग धेरै डराउनुभन्दा पनि सावधानी अपनाउनु जरुरी हुन्छ

ताजा खबर

भीमदत्तका १९ वटै वडाका महिलालाई तीनदिने वित्तीय साक्षरता तालिम

कञ्चनपुर, ४ श्रावण  महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतासम्बन्धी तीनदिने तालिम...

मुद्दा फर्छ्यौटमा उत्कृष्ट कञ्चनपुर जिल्ला अदालत, ५ करोडभन्दा बढी राजस्व संकलन

कञ्चनपुर, १ साउन कञ्चनपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३...

कञ्चनपुरको गैलनदीमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु, २०८४ असारभित्र सम्पन्न हुने

कञ्चनपुर, ३१ असार कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीमा नेपाल प्रहरीको अस्थायी...

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?