कालापानी–लिपुलेकबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव पेश गर्न आज संसद बैठक बस्दै

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कालापानी–लिपुलेकमा रहेका भारतीय सेना हटाउने विषयमा संकल्प प्रस्ताव पेश हुनेछ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ। यसअघि अघिल्लो बैठकमै पेश गरिने कार्यसूची रहेपनि समय अभावका कारण आजका लागि सारिएको हो।

भारतले दार्चुलाको कुटियाङ्दी र लिम्पियाधुरा क्षेत्र समावेश गरी नयाँ नक्सा प्रकाशित गरेपछि बसेको सर्वदलीय बैठकले पनि नेपाली भू–भाग अतिक्रमण हुनबाट रोक्न सरकारलाई निर्देशन दिएकाले कुटनीतिक र अन्य पहलकदमी गरी अतिक्रमित क्षेत्र नेपाली भू–भाग कायम गर्न र कालापानी–लिपुलेक क्षेत्रमा रहेका विदेशी सेना हटाउन सरकारको ध्यानाकर्षण गराइएको छ।

बैठकमा ‘धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि पेश हुनेछ।

‘कारागार विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने विद्येयक प्रस्ताव पनि आज बस्‍ने बैठकको कार्यसूचीमा राखिएको छ।

गृहमन्त्री रामबहादुर थापाले अन्तरदेशीय संगठित अपराध महासन्धी अन्तर्गतको पालेर्मो अभिसन्धि पनि अनुमोदनका लागि पेश गरिने संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराइले जानकारी दिए।

राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १ बजेका लागि बोलाइएको छ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?