आदर्श विद्या निकेतनको ३०औँँ वार्षिकोत्सव सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालीका महेन्द्रनगर स्थित आदर्श विद्या निकेतन उच्च माध्यमीक विद्यालयको ३० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

आईतवार एक कार्यक्रमका बिच विद्यालयले आफ्नो ३० औँ वार्षिकोत्सव मनाएको हो । वि.सं. २०४६ सालमा प्रा.वि.का रुपमा स्थापित विद्यालयले क्रमिक रुपमा कक्षा थप गर्दै वि.सं.२०५३ सालमा निमावि, वि.सं. २०५४ सालमा मावि तहमा पठनपाठन गराउन शुरु गरेको विद्यालयले वि.सं.२०५८ सालमा उमाविको मान्यता प्राप्त ग¥यो ।

हाल उमावि तह अन्तर्गत व्यवस्थापन संकायमा पठनपाठ गराइरहेको आदर्श विद्या निकेतनले नेपालकै शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान बनाइसकेको छ । विद्यालयलले कञ्चनपुर तथा देशकै शैक्षिक क्षेत्र सहित खेलकुद, सामाजिक लगायत अन्य क्षेत्रमा समेत अह्म भुमिका निर्वाह गर्दै आएको छ ।

हालसालै सम्पन्न भएको १३ औँ साग खेलकुदमा विद्यालयकी छात्रा शिवाङ्गी दुबेले रजत पदक प्राप्त गरेकी थिइन् । त्यस्तै भारतको लखनौउ स्थित सिएमएसद्धारा आयोजित १५ औँ जियोफेष्टमा नेपालकै प्रतिनिधित्वगरेको आदर्श विद्या निकेतन फस्ट रनर आफ बन्यो भने विद्यालयले गान्धी पिस फाउन्डेशनका संस्थापक डा. एसएन सुब्बा रोय लाई समेत विद्यालयमा आमन्त्रण गरेको थियो ।

विद्यालयले यस्ता खेलकुद तथा सामाजिक लगायतका क्षेत्रमा समेत धेरै उपलब्धिहरु हात पारीसकेको छ । ३० औँ वार्षिक उत्सवमा विद्यालयको वार्षिक प्रतिवेदन पेश गदै विद्यालयका प्रधानाध्यापक डा.भोजराज पन्तले आदर्श विद्या निकेतनले देशकै शैक्षिक क्षेत्रमा अह्म भुमिका निर्वाह गर्दै आएको बताए ।

स्थानिय तथा अभिभावकहरुको साथ,सहयोगले विद्यालय यो स्थानमा पुग्न सफल भएको प्रधानाध्यापक पन्तको भनाइ छ । उनका अनुसार विद्यालयमा हाल ९ सय ४३ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने विद्यालयमा ४५ जना शिक्षक–शिक्षिकाहरु कार्यरत रहेका छन् ।

विद्यालयबाट अध्ययन गरी गएका धेरै विद्यार्थीहरु देशको विभिन्न क्षेत्रमा सेवा गरीरहेका र केही देश–विदेशमा उच्च शिक्षा अध्ययन गरीरहेका प्रधानाध्यापक पन्त जानकारी दिए ।

विद्यालयले आफ्नो ३०औँ वार्षिकोत्सव विभिन्न सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्नुका साथै विद्यालयका उत्कृष्टि शिक्षक–शिक्षिका तथा विद्यार्थीहरुलाई सम्मान गरेको थियो ।

त्यस्तै विद्यालयको ३०औ वार्षिकोत्सव तथा सोही दिन पर्न गएको ११० औँ अन्तराष्ट्रिय नारी दिवसका अवसरमा विद्यालयले महिला अधिकारकर्मी शारदा चन्द, शिक्षिका नारा जोशी, र शशी ओझालाई सम्मान गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. नेत्रराज चटौत सभापतित्वमा सञ्चालित कार्यक्रमको प्रमुख अथिति सांसद आनन्दी पन्त रहेकी थिइन् भने कार्यक्रम सञ्चालन आदर्श विद्या निकेतनका शिक्षक उत्तम विष्टले गरेका थिए ।

विद्यालयको ३० औँ वार्षिकोत्सवमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, प्रहरी, पत्रकार, अभिभावक तथा विद्यार्थी,विद्यालयका पूर्व विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?