कोरोना भाइरसः बैतडीको झुलाघाट नाकामा आठ दिनमा १ सय ७८ जनाको स्वास्थ्य परिक्षण

बैतडी । बैतडीको दशरथचन्द नगरपालीका,जिल्ला स्वास्थ्य कार्यालय,अस्पतालले सयुक्त रुपमा झुलाघाट नाकामा कोराना भाइरस जाँचका लागि स्थापना गरिएको सहायता कक्षमा हालसम्म १ सय ७८ जनाले सेवा लिएका छनु ।

फागुन १० गते बाट स्थापना गरीएको उक्त सहायता कक्षमा १ सय ७८ जनाको स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतना फैलाउन र भारतबाट आउने नागरिकहरुको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरिएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताए ।

सहायता कक्षमा इन्फ्रारेड थर्मोमिटरले ज्वरो मापन गर्ने गरिएको स्वास्थ्य कार्यालय प्रमुख भट्टले जानकारी दिए। सहायता कक्षमा ज्वरो मापनका साथै दुई साताअघिसम्म चीन गए नगएको, रुघाखोकी लागे नलागेको बारे सोधपुछ गरिने स्वास्थ्यकर्मीहरुले बताएका छन्।

अत्यधिक ज्वरो आएको र केही शंकास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा अलगै कोठामा राख्ने व्यवस्था गरिएको प्रमुख भट्टले बताए।

सीमाबाट फर्कने नागरिकहरुमा कोरोनाको सम्भावित संक्रमण रोक्नका लागि सहायता कक्ष स्थापना गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जोशीले बताए।थाहाखबर

ताजा खबर

यातायात व्यवसायी द्वारा आन्दाेलन घाेषणा

कञ्चनपुर, १७ जेठ गण्डकी प्रदेश सरकारले ल्याएको यातायात सम्बन्धीको विवादित...

धुम्रपान रहित दिवसकाे अवशरमा कञ्चनपुरमा वक्तृत्वकला

कञ्चनपुर, जेठ १७ कञ्चनपुरमा विश्व धुम्रपान रहित दिवसमा वक्तृत्वकला आयोजना...

बागफाँटा लक्ष्मी मावि गणित विद्यामा प्रथम

कञ्चनपुर, जेठ १३ कञ्चनपुरको लक्ष्मी माध्यामिक विद्यालय बागफाँटा गणित विद्यामा...

सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका पुर्व विद्यार्थी क्यान्सर पिडित कार्की आर्थीक संकटमा

कञ्चनपुर, १३ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसका...

नेशनल प्याथ ल्याव एण्ड रिसर्च प्रा.लि.शाखा महेन्द्रनगरमा पनि सञ्चालनमा

उपेश सिंह धामी महेन्द्रनगर १० जेठ । कञ्चनपुरको महेन्द्रनगरमा सुविधा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?