कोरोना भाइरसः बैतडीको झुलाघाट नाकामा आठ दिनमा १ सय ७८ जनाको स्वास्थ्य परिक्षण

बैतडी । बैतडीको दशरथचन्द नगरपालीका,जिल्ला स्वास्थ्य कार्यालय,अस्पतालले सयुक्त रुपमा झुलाघाट नाकामा कोराना भाइरस जाँचका लागि स्थापना गरिएको सहायता कक्षमा हालसम्म १ सय ७८ जनाले सेवा लिएका छनु ।

फागुन १० गते बाट स्थापना गरीएको उक्त सहायता कक्षमा १ सय ७८ जनाको स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतना फैलाउन र भारतबाट आउने नागरिकहरुको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरिएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताए ।

सहायता कक्षमा इन्फ्रारेड थर्मोमिटरले ज्वरो मापन गर्ने गरिएको स्वास्थ्य कार्यालय प्रमुख भट्टले जानकारी दिए। सहायता कक्षमा ज्वरो मापनका साथै दुई साताअघिसम्म चीन गए नगएको, रुघाखोकी लागे नलागेको बारे सोधपुछ गरिने स्वास्थ्यकर्मीहरुले बताएका छन्।

अत्यधिक ज्वरो आएको र केही शंकास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा अलगै कोठामा राख्ने व्यवस्था गरिएको प्रमुख भट्टले बताए।

सीमाबाट फर्कने नागरिकहरुमा कोरोनाको सम्भावित संक्रमण रोक्नका लागि सहायता कक्ष स्थापना गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जोशीले बताए।थाहाखबर

ताजा खबर

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?