बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ताः के विषयमा भयो छलफल ?

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी [नेकपा]का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ुप्रचण्डु बीच भेटवार्ता भएको छ।सोमबार बिहान बालुवाटारमा अध्यक्षद्वयबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जनाएको छ।

भेटमा संविधान संशोधान, एमसीसी विवाद, कमिशन डिलको अडियो प्रकरणलगायतका विषयमा छलफल भएको बुझिएको छ। शनिबार बसेको सचिवालय बैठकले संविधान संशोधन गर्नका लागि वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव नेपाल संयोजक रहेको कार्यदल बनाएको थियो । सोही विषयमा नेकपाभित्र र बाहिर विवाद चर्किएको छ।

संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्यलाई समेत प्रधानमन्त्री बन्‍ने बाटो खुलेपछि मात्र सांसद बन्ने अडान बामदेव गौतमले लिएपछि नेकपाले संविधान संशोधनको तयारी थालेको हो।

गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था भए मात्र आफू मनोनीत हुन तयार रहने अडान राख्दै आएका छन्।कार्यदल गठन विवादमा परेपछि नेताहरूले यस विषयमा दुई थरी कुरा गर्न थालेका छन्। निर्णय सार्वजनिक भएपछि सचिवालय सदस्यमै मत बाझिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच यो विषयको बुझाइमै अन्तर देखिएको छ। ओली पक्षले यो निर्णय सचिवालयमा नभएको तर्क अघि सारेको छ। सचिवालयकै केही नेता भने बैठकमा छलफल भई कार्यदल गठन गर्ने निर्णय भएको जिकिर गरेका छन्।अन्नपुर्ण

ताजा खबर

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राधा ओझाको निर्विरोध यात्रा, आगामी यात्राका लागी पार्टीसँग परामर्श गर्ने

महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिकाकी निवर्तमान उपप्रमुख राधा ओझा...

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?