लिपुलेक–कालापानी अवलोकन गरी फर्कियो रक्षामन्‍त्रीको टोली

दार्चुला । लिपुलेक–कालापानी अवलोकन गरेर नेपाल सरकारका उप–प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको टोली फर्किएको छ । सोमबार बिहान साढे ८ बजे नेपाली सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टरबाट लिपुलेक–कालापानी क्षेत्रका लागि उडेको टोली बिहान ९ बजे फर्केको हो।

उप–प्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलसहितको टोलीमा दार्चुला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशका उप–सभामुख निर्मला बडाल जोशी, प्रदेशसभा सदस्य गेल्वुसिंह बोहरा र मानबहादुर धामीलगायत सुरक्षा अधिकारी थिए।

लिपुलेक–कालापानी क्षेत्रमा अत्याधिक हिमपातका कारण अवतरण हुन नसपछि हेलिकोप्टरबाटै लिपुलेक–कालापानी क्षेत्रको अवलोकन गरेर मन्त्रीको टोली फर्किएको प्रमुख जिल्ला अधिकारी यद्धुनाथ पौड्यालले बताए।

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?