कोरोना भाइरसः मृतकको संख्या १७ सय नाघ्यो

काठमाडौं – चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ७५ पुगेको छ ।

सीएनएनले जनाए अनुसार ७१ हजार भन्दा बढी संक्रमित भएका छन् । चीन बाहिर अन्य मुलुकमा कोरोनाको संक्रमण बाट ज्यान गुमाउनेको संख्या पाँच पुगेको जनाएको छ ।

अमेरिकी सरकारले जापानको तटीय क्षेत्रमा क्वारेन्टाइनमा राखिएको आफ्ना ३ सय बढी नागरिकलाई दुईवटा जहाज मार्फत स्वदेश लगेको छ ।

सोमबार बिहानै जापानको टोकियोमा रहेको हानेदा विमानस्थलबाट आफ्ना नागरिक लिएर अमेरिकी विमान स्वदेश फर्किएको सीएनएनले जनाएको छ ।

क्रुज सिपमा झण्डै ४०० जना अमेरिकी थिए । फेब्रुअरी ३ देखि जापानको तटमा सो पानी जहाज निगरानीमा राखिएको थियो । पानी जहाजमा रहेकाहरुलाई दुई हप्तासम्म निगरानीमा राखिएपछि अमेरिकाले आफ्ना नागरिकलाई विमान चाटर्ड गरेर स्वदेश लगेको हो ।

डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका ४ सय अमेरिकी मध्ये ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाइएको छ । कोरोनाको संक्रमण देखिएपछि उनिहरुलाई जापानमै राखेर उपचार सुरु भएको छ । बाँकी ३ सय ६० जना अमेरिकी भने स्वदेश फर्किरहेका छन ।

करिब ३ हजार ७०० यात्री तथा चालक दलका सदस्यसहित डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजलाई फेब्रुअरी ३ तारिखदेखि जापानको योकोहामा बन्दरगाहमा क्वारेन्टाइनमा राखिएको थियो ।

उक्त पानीजहाजबाट हङ्‌कङमा ओर्लेका एक व्यक्ति नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएपछि पानीजहाजलाई क्वारन्टाइनमा राखिएको थियो।

यो क्रममा ४० जना अमेरिकीलाई कोरोना संक्रमण भएको हो । चीनबाहिर नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको यो सबैभन्दा ठूलो संख्या हो ।यो सँगै पानी जहाजमा नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या ३ सय ५५ पुगेको छ।

संक्रमित हुनेको संख्या बढ्दै गएपछि चीनको हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ गरिएको छ। त्यहाँका मानिसहरूलाई घरभित्रै रहन भनिए पनि आपत्‌कालीन अवस्थामा मात्र बाहिर निस्कन दिइनेछ।

त्यसका साथै खाद्यान्न तथा अन्य सामान खरिद गर्न दिनका निम्ति प्रत्येक घरधुरीबाट एक जनालाई हरेक तीन दिनमा बाहिर निस्कन अनुमति दिइनेछ।

Sourcekhabarhub

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?