निर्मला हत्या काण्डः ४० दिन देखी धर्नामा बसेका घाईते भन्छन् ‘सरकार छैन जस्तो लाग्छ’

महेन्द्रनगर । बलात्कार पछि हत्या गरीएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको न्यायका लागी न्याकियक आन्दोलनका क्रममा घाईते भएकाहरु धर्ना बसेका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडी विभिन्न माग सहित न्याय माग्ने क्रममा घाईते भएकाहरु ४० दिन देखी निरन्तर धर्ना बसीरहेका छन् ।

स्वर्गिय निर्मला पन्तलाई न्याय तथा घाईतेहरुको उपचार, निर्दोषलाई फसाउने नगर्न, नेपाल सरकारले निर्णय गरेको घाईतेहरुको पूर्ण उपचार र अंगभंग भएकाहरुको जिविकोपार्जनको निर्णय तुरुन्त कार्यन्वयन गर्न लगाएतका माग सहित पुस १७ गते देखी निरन्तर प्रशासन कार्यालयको प्रवेश द्धारमै घाईतेहरु धर्ना बसिरहेका छन् ।

निर्मलाको न्यायको लागी लड्दा घाईते भएका तथा घाईतेका आफन्तहरु कृत प्रशाद पनेरु, चेतन भट्ट, सुरेन्द्र देउवा, अर्जुन भण्डारा लगाएतका घाईतेहरु आफ्ना माग सहित ४० दिन देखी धर्नामा बसिरहेका छन् ।

तर हाल सम्म पनि आफ्ना मागप्रति प्रशासानले कुनै चासो नदेखाएको घाईते सुरेन्द्र देउवाले बताए । उनले भने ‘हामीहरु धर्ना बसेको आज ४० दिन भयो, तर हाल सम्म पनि कसैले चासो दिएका छैनन् ।’ उनले थपे ‘हाम्रो देशमा गरीव, कमजोर मान्छेका लागी न न्याय छ नत सरकार छ ।’

यद्यपी जिल्ला प्रशासन कार्यालयले उनिहरुका मागसहितको फाईल गृह मन्त्रालयमा पठाइसकेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले बताए ।

उनले भने ‘हामीले उहाँहरुका माग गृह मन्त्रालयमा पेश गरीसकेका छौ तर पनि उहाँहरु आफ्नो रहरले धर्ना बसिरहेका छन् ।’ जब सम्म माग पुरा हुदैन तब सम्म धर्ना बस्ने घाईतेहरुले जनाएका छन् ।

त्यस्तै उनिहरुलाई विभिन्न मानव अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्था तथा समाजसेविहरुले पनि साथ दिईरहेका छन् ।

निर्मलाको न्यायिक आन्दोलनका क्रममा कञ्चनपुरमा एक जनाको मृत्यु र ६ जना घाईते भएका थिए ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?