दानबहादुर कार्की प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार, प्रहरी महानिरीक्षकमा मनोजकुमार केसी बढुवा

काठमाडौँ ।  १८ कार्तिक

नेपाल सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णय गरेको छ । साथै, रिक्त हुने प्रहरी महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गते बसेको बैठकले वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षा व्यवस्था थप सुदृढ गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गर्ने निर्णय गरेको हो ।

सरकारको निर्णयअनुसार उक्त पदमा हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई खटाइएको छ । प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव तथा परामर्श उपलब्ध गराउने जिम्मेवारीसहित उक्त पद सिर्जना गरिएको हो ।

त्यसैगरी, कार्की विशेष सुरक्षा सल्लाहकारमा खटिएपछि रिक्त हुने प्रहरी महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम डा. केसीलाई २०८३ कात्तिक १८ गतेदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा बढुवा गरिएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

यस निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुनुका साथै प्रधानमन्त्रीलाई सुरक्षा विषयमा प्रत्यक्ष परामर्श दिने गरी नयाँ पदसमेत सिर्जना गरिएको छ ।

ताजा खबर

उत्कृष्ट खेलाडीलाई मदन चन्दद्वारा ट्र्याकसुट वितरण

कञ्चनपुर, १५ कार्तिक  कञ्चनपुर को भीमदत्त नगरपालिका–७ हल्दुखालमा आयोजित खुला...

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राधा ओझाको निर्विरोध यात्रा, आगामी यात्राका लागी पार्टीसँग परामर्श गर्ने

महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिकाकी निवर्तमान उपप्रमुख राधा ओझा...

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?