उत्कृष्ट खेलाडीलाई मदन चन्दद्वारा ट्र्याकसुट वितरण

कञ्चनपुर, १५ कार्तिक 

कञ्चनपुर को भीमदत्त नगरपालिका–७ हल्दुखालमा आयोजित खुला पुरुष कबड्डी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाईव्यक्तीगत रकम बाट ट्र्याकसुट वितरण गरिएको छ । हेल्प नेपालका अध्यक्ष तथा लामो समयदेखि समाजसेवा, धूम्रपान निषेध र लागुऔषध दुर्व्यसन रोकथाम अभियानमा सक्रिय मदन चन्दले खेलाडीहरूलाई व्यक्तीगत रकम बाट ट्र्याकसुट वितरण गर्नुभएको हो।

खेलकुदको विकास तथा खेलाडीको हौसला अभिवृद्धि गर्ने उद्देश्यले उत्कृष्ट खेलाडीहरूलाई प्रोत्साहनस्वरूप ट्र्याकसुट वितरण गरिएको हो। समाजसेवामा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका चन्दले धूम्रपान तथा लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने अभियानमा समेत योगदान दिँदै आउनुभएको छ।

खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सकारात्मक गतिविधिमा जोड्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले खेलाडीलाई प्रोत्साहन गर्नु आवश्यक रहेको छ। कबड्डीजस्ता खेलले युवामा शारीरिक क्षमता, आत्मविश्वास, सामूहिक भावना र अनुशासनको विकास गर्न सहयोग पुर्‍याउँछन्।

प्रतियोगितामा भीमदत्त नगरपालिका–६ का भूपेन्द्र बोहरा उत्कृष्ट रेडर र अनुशासित खेलाडी गरी दुई विधामा पुरस्कृत हुनुभयो। त्यसैगरी, भीमदत्त नगरपालिका–८ का धिरज देउपा उत्कृष्ट डिफेन्डर घोषित हुनुभयो। सुशील सुनारले सर्वोत्कृष्ट खेलाडी र सफल भट्टले उदयमान खेलाडीको उपाधि प्राप्त गर्नुभयो।

लामो समयदेखि समाजसेवा तथा धूम्रपान निषेध अभियानमा सक्रिय चन्दको सहयोगले खेलाडीलाई प्रोत्साहन मिल्नुका साथै खेलकुद र सामाजिक सचेतनालाई सँगसँगै अघि बढाउन सकारात्मक सन्देश दिएको छ। युवालाई लागुऔषध दुर्व्यसनबाट टाढा राख्दै खेलकुद तथा सिर्जनात्मक गतिविधिमा सहभागी गराउन यस्ता कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ताजा खबर

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राधा ओझाको निर्विरोध यात्रा, आगामी यात्राका लागी पार्टीसँग परामर्श गर्ने

महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिकाकी निवर्तमान उपप्रमुख राधा ओझा...

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?