महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ ।
कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘एम्पावरिङ हर’ परियोजनाको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘एम्पावरिङ हर’ परियोजनाको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको हो । कोईका र अक्सफामको आर्थिक सहयोगमा निड्स नेपालद्वारा सञ्चालित ‘एम्पावरिङ हर’ परियोजनाको वार्षिक प्रगति समीक्षा कार्यक्रम सोमबार भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखकको प्रमुख आतिथ्यता तथा निड्स नेपालका उपाध्यक्ष तारा थापा धामीको अध्यक्षतामा आयोजना गरिएको हो । कार्यक्रममा निड्स नेपालका प्रमुख कार्यकारी अधिकृत भवराज रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो भने ‘एम्पावरिङ हर’ कार्यक्रमका संयोजक नवीन भट्टले परियोजनाले वर्षभरि गरेका गतिविधिहरूका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहनुभएका भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखकले परियोजनाले वर्षभरि गरेका कार्यक्रमहरू उपलब्धिमूलक रहेको बताउनुभएको छ । साथै उहाँले यस परियोजनाबाट धेरै महिलाहरू आत्मनिर्भर हुन सफल रहेको समेत बताउनुभएको छ ।
यसैगरी कार्यक्रममा बोल्दै निड्स नेपालका उपाध्यक्ष तारा थापा धामीले यस परियोजनाले राम्रो कामको सुरुवात गरेको बताउँदै राम्रो कामको खुलेर प्रशंसा गर्नुपर्ने बताउनुभएको छ । साथै उहाँले आजको कार्यक्रमबाट प्राप्त सुझावहरूलाई समेत आत्मसात् गर्दै कार्यक्रम अगाडि बढाउने र यहाँहरूबाट यस्तै सहयोग पाउने आशा र अपेक्षा समेत गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै निड्स नेपालका प्रमुख कार्यकारी अधिकृत भवराज रेग्मीले परियोजनाले जलवायु परिवर्तनबाट प्रभावित महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुका साथै सामाजिक तथा राजनीतिक नेतृत्व विकासमा जोड दिएको बताउनुभएको छ । साथै उहाँले कार्यक्रमबाट महिलाहरूलाई आत्मनिर्भर बनाउन प्रतिव्यक्ति ५ हजारदेखि २ लाख रुपैयाँसम्म सहयोग तथा साझेदारी गरिएको समेत बताउनुभएको छ ।

विगत एक वर्षदेखि सञ्चालनमा रहेको उक्त परियोजनाअन्तर्गत २० वटा महिला सशक्तीकरण केन्द्र गठन गरी ५८३ महिलालाई समूहमा आबद्ध गरिएको छ । परियोजनामार्फत ११० महिलालाई जलवायु–मैत्री कृषिमा सहयोग गरिएको र सदस्यहरूले ३ लाख ६ हजार २१८ रुपैयाँ आम्दानी समेत गरेका छन् भने ५८ महिलाले जलवायु–स्मार्ट कृषि सुरु गरेका छन् । त्यस्तै, २० जना महिलालाई व्यवसाय सञ्चालनका लागि तालिम तथा सहयोग, ४४ महिलाले सहकारीमा बचत, ४३ जनाले बैंक खाता र १६ जनाले जीवन बीमा गरेका छन् । यसैगरी ११६ पशुधनको बीमा गरिएको छ भने परियोजनाले महिलाको नेतृत्व र सामाजिक सहभागितामा पनि योगदान र्पुयाएको जनाएको छ । परियोजनाको पहुँच ९५४ पुरुष र २ हजार ३२८ महिला गरी ३ हजार २८२ जनासम्म पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ताजा खबर

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

भीमदत्तको विकास र सुशासनमा युवा समाजसेवी ऐरीको निरन्तर खबरदारी

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का युवा समाजसेवी दीपेन्द्र सिंह ऐरी...

महिला सशक्तीकरण केन्द्रमार्फत समुदायका समस्या समाधानका लागि सरोकारवालासँग पैरवी बैठक

कञ्चनपुर, १४ भदौ । समुदायमा रहेका समस्या पहिचान तथा समाधानका...

बाढी प्रभावितका लागि उदयदेव बहुउद्देश्यीय सहकारीद्वारा २ लाख ११ हजार सहयोग

महेन्द्रनगर । रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा आएको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?