बाढी प्रभावितका लागि उदयदेव बहुउद्देश्यीय सहकारीद्वारा २ लाख ११ हजार सहयोग

महेन्द्रनगर । रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, महेन्द्रनगर, कञ्चनपुरले २ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

संस्थाले प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

संस्थाले जारी गरेको अपिलमा विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको तत्काल आवश्यकता पूरा गर्न तथा कठिनाइलाई मध्यनजर गर्दै बाढी प्रभावित क्षेत्रका बासिन्दाको राहत तथा पुनःस्थापनाका लागि २ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

सहकारीले विपद् कसैको व्यक्तिगत समस्या नभई सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै विपद्मा परेका नागरिकलाई सहयोग गर्न सबैलाई आह्वानसमेत गरेको छ। साथै आगामी दिनमा पनि समुदायको सुख–दुःखमा साथ दिँदै आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्द र अध्यक्ष नारा जोशीद्वारा हस्ताक्षरित अपिलमार्फत सहयोगको घोषणा गरिएको हो।

उदयदेव सहकारीको यो सहयोगले विपद्का बेला मानवीय संवेदना र सामाजिक उत्तरदायित्व निर्वाह गर्न सहकारी संस्थाहरूको भूमिकालाई थप उजागर गरेको छ।

ताजा खबर

जन्मदिनको अवसरमा कलौनी दाजुभाईको बाढी पिडितलाई आर्थिक सहयोग

कञ्चनपुर -बाढीपीडितका लागि ३६ हजार ५ सय ५५ कञ्चनपुर...

भोटेकोशी बाढीपीडितका लागि चिया कफी दरबारको रु. ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत...

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका...

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

कञ्चनपुर - रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?