जन्मदिनको अवसरमा कलौनी दाजुभाईको बाढी पिडितलाई आर्थिक सहयोग

कञ्चनपुर -बाढीपीडितका लागि ३६ हजार ५ सय ५५ कञ्चनपुर । अमेरिकालाई कर्मथलो बनाउँदै आएका सागर कलौनी र उनका दाइ तथा सुदूरपश्चिम खबरका सम्पादक वीरेन्द्र कलौनीले वीरेन्द्रको जन्मदिनको अवसरमा रसुवाको भोटेकोसी बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन्।

भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि दुई दाजुभाइले संयुक्त रूपमा ३६ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। उक्त रकममध्ये सागर कलौनीले अमेरिकाबाट ३१ हजार र वीरेन्द्र कलौनीले ५ हजार ५ सय न ५५ रुपैयाँ सहयोग गरेका छन्।

जन्मदिनमा हुने व्यक्तिगत खर्चलाई विपद्मा परेका नागरिकको सहयोगमा लगाउने उद्देश्यले दुई दाजुभाइले आफ्नो तर्फबाट रकम सहयोग गरेका हुन्। बाढीबाट ठूलो जनधनको क्षति भइरहेका बेला पीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले जन्मदिनलाई सामाजिक सेवासँग जोडिएको उनीहरूले बताएका छन्।

ताजा खबर

भोटेकोशी बाढीपीडितका लागि चिया कफी दरबारको रु. ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत...

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका...

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

कञ्चनपुर - रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका...

अनाथालयका बालबालिकालाई राखी बाँधेर सोरा चन्दले मनाइन् रक्षाबन्धन

कञ्चनपुर १२ भाद्र रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?