काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि चिया कफी दरबार परिवारले रु. ५१ हजार सहयोग गरेको छ। दरबारले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
विपद्को कठिन समयमा पीडित परिवारलाई केही राहत र आशा प्रदान गर्ने उद्देश्यले आफ्नो तर्फबाट सहयोग गरिएको चिया कफी दरबारले जनाएको छ। साथै, बाढीपीडितको सहयोगका लागि व्यक्ति, व्यवसायी तथा विभिन्न संघसंस्थालाई समेत आफ्नो क्षमताअनुसार सहयोग गर्न दरबार परिवारले आग्रह गरेको छ।
चिया कफी दरबार व्यवसायिक गतिविधिसँगै सामाजिक सेवा र सुदूरपश्चिमको कला तथा संस्कृतिको संरक्षणमा समेत सक्रिय रहँदै आएको छ। दरबारका सञ्चालक तथा सुदूरपश्चिमका चर्चित गायक चक्र बम संगीत क्षेत्रमा सक्रिय हुनुका साथै सामाजिक कार्यमा समेत जोडिँदै आएका छन्।
चक्र बमसँगै युवा व्यवसायी नरेन्द्र शाही, आर्यन शाही र आयुष शाही पनि चिया कफी दरबारमार्फत सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय रूपमा जोडिएका छन्।
विशेषगरी सुदूरपश्चिमको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले चिया कफी दरबारमा देउडा कार्यक्रमहरू आयोजना हुँदै आएका छन्। काठमाडौंमा रहेका सुदूरपश्चिमेली समुदायलाई आफ्नो भाषा, संस्कृति र मौलिक परम्परासँग जोडिराख्न यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिइँदै आएको दरबार परिवारको भनाइ छ।
सुदूरपश्चिमको सांस्कृतिक पहिचानलाई काठमाडौंमा समेत स्थापित गर्ने प्रयाससँगै सामाजिक उत्तरदायित्वका कार्यलाई पनि प्राथमिकता दिँदै आएको चिया कफी दरबारले जनाएको छ।
हाल चिया कफी दरबारका आलोकनगर र सामाखुसी शाखाबाट ग्राहकलाई सेवा प्रदान हुँदै आएको छ। व्यवसायसँगै सामाजिक सेवा र आफ्नो मौलिक संस्कृति संरक्षणलाई जोडेर अघि बढिरहेको दरबारले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।
“सानो सहयोगले पनि कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ” भन्ने सन्देशसहित चिया कफी दरबारले भोटेकोशी बाढीपीडितको सहयोगमा सबैलाई साथ दिन अपिल गरेको छ।


