अनाथालयका बालबालिकालाई राखी बाँधेर सोरा चन्दले मनाइन् रक्षाबन्धन

कञ्चनपुर १२ भाद्र

रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र आपसी सम्बन्धको पर्व हो। यही भावनालाई आत्मसात गर्दै भीमदत्त नगरपालिका–१० गड्डाचौकीकी सोरा चन्दले समाज कल्याण अञ्चल अनाथालयका बालबालिकासँग रक्षाबन्धन मनाएकी छन्।

डाइमन्ड पब्लिक स्कुलमा कक्षा ७ मा अध्ययनरत चन्दले अनाथालय पुगेर त्यहाँ रहेका बालबालिकालाई राखी बाँध्दै रक्षाबन्धनको शुभकामना आदानप्रदान गरेकी हुन्। आफ्ना दाजुभाइसँग मात्रै नभई अभिभावकको मायाबाट टाढा रहेका बालबालिकासँग पनि पर्वको खुसी बाँड्नुपर्छ भन्ने भावनाका साथ उनले हरेक वर्ष अनाथालयमा रक्षाबन्धन मनाउँदै आएकी छन्।

चन्दले रक्षाबन्धनसँगै हरेक वर्ष अनाथालयमै भाइटीका समेत लगाउँदै आएकी छन्। यस वर्ष पनि अनाथालयका बालबालिकासँग केही समय बिताउँदै उनीहरूको हातमा राखी बाँधेर पर्वको खुसी साटासाट गरिन्।

सानै उमेरदेखि सामाजिक सेवाप्रति देखाएको उनको रुचिले अनाथालयका बालबालिकामा पनि खुसी थपिएको छ। रक्षाबन्धनको अवसरमा राखी बाँध्ने क्रममा बालबालिकाको अनुहारमा देखिएको मुस्कानले पर्वको वास्तविक अर्थ झल्काएको थियो।

पर्वलाई केवल आफ्नै परिवार र आफन्तसँग सीमित नराखी अभिभावकविहीन बालबालिकासँग खुसी साट्नु मानवीयताको सुन्दर उदाहरण भएको स्थानीयको भनाइ छ। चन्दको यो निरन्तर प्रयासले बालबालिकालाई आफूहरू पनि समाजकै अभिन्न हिस्सा भएको अनुभूति गराउन सहयोग पुगेको छ।

समाज कल्याण अञ्चल वाल अनाथालयमा रक्षा बन्धन मनाउन सोरा चन्दका माता पिता संगै सुदुरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र रावल समेत सहभागि रहनु भएको थियो । वालिका सोरा चन्दको यो निरन्तर आत्मीय भावनाले अनाथ बालबालिकालाई समेत आफु एक्लो नभई परिवार भएको अनुभूति गराउन सहयोग पुगेको छ ।रक्षाबन्धनको अवसरमा गरिएको यो सानो प्रयासले प्रेम, आत्मीयता र सामाजिक उत्तरदायित्वको ठूलो सन्देश दिएको छ। आफ्नै उमेरका बालबालिकासँग पर्वको खुसी बाँड्दै आएकी सोरा चन्दको पहलले ‘पर्व आफ्ना लागि मात्रै होइन, अरूको अनुहारमा मुस्कान ल्याउन पनि हो’ भन्ने सन्देश दिएको छ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?