बालविवाह अन्त्यका लागि सञ्चारकर्मीसँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

कञ्चनपुर, ७ भदौ 

बालविवाह अन्त्यका लागि सञ्चारकर्मीसँग एकदिने अन्तरक्रिया कार्यक्रम कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ।

पेसवान र प्लान इन्टरनेसनलको साझेदारीमा सञ्चालित ‘उत्थानशील भविष्य, बालविवाहको अन्त्य परियोजना’ को आयोजनामा बालबालिकाको सुरक्षित भविष्यका लागि बालविवाह अन्त्य गर्नुपर्ने उद्देश्यसहित शनिबार सञ्चारकर्मीसँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

भीमदत्त र दोधारा–चाँदनीमा सञ्चालनमा रहेको उक्त परियोजनाले बालविवाह अन्त्यका लागि गर्दै आएका प्रयासबारे जानकारी आदानप्रदान गर्दै सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य पूरा गर्न सञ्चारमाध्यमको तर्फबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो।

बालविवाह न्यूनीकरणका विषयमा समुदायमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको संस्थाले सञ्चारमाध्यममार्फत पनि बालविवाह अन्त्यका लागि व्यापक प्रचार–प्रसार होस् र न्यूनीकरणमा सहयोग पुगोस भन्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको जनाएको छ।

कार्यक्रममा पेसवानका संयोजक तथा ‘उत्थानशील भविष्य, बालविवाहको अन्त्य परियोजना’का परियोजना संयोजक लक्ष्मण विष्ट तथा वरिष्ठ पत्रकार चित्राङ्ग थापा लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले बालविवाह रोकथामका लागि प्रविधिको सही प्रयोग, जनचेतनामूलक कार्यक्रम, नियमित अनुगमन तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका थिए।

सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्यलाई साझा गन्तव्यका रूपमा अघि बढाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुनेमा सहभागीहरूले जोड दिएका छन्। बालविवाहविरुद्धका अभियानलाई समुदायको तल्लो तहसम्म पुर्‍याउन सञ्चारमाध्यमले निरन्तर सूचना, समाचार तथा जनचेतनामूलक सामग्री प्रकाशन तथा प्रसारण गर्नुपर्नेमा समेत जोड दिइएको थियो।

कार्यक्रममा बालविवाह अन्त्यका लागि आर्थिक सशक्तीकरण, जनचेतना, अनुगमन र सम्बन्धित निकायबीचको समन्वयलाई प्रभावकारी बनाउँदै लैजानुपर्ने विषयमा समेत छलफल भएको थियो।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?