महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन ।

कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १० दिने बारिष्टा तालिम सुरु भएको छ । होटल संघ नेपाल कञ्चनपुरको आयोजनामा नेपाल पर्यटन बोर्ड तथा यूएनडीपीको सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

बढ्दो कफी संस्कृति र बजारमा दक्ष जनशक्तिको मागलाई मध्यनजर गर्दै युवालाई सीप प्रदान गरी रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले तालिम आयोजना गरिएको होटल संघ नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठले बताए । उनका अनुसार नेपालमा क्याफे तथा कफी कल्चर बढ्दै गएकाले दक्ष बारिष्टाको मागसमेत बढिरहेको छ ।

कार्यक्रमका सहजकर्ता तथा होटल संघ नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य जगदीश चन्द भट्टले महेन्द्रनगरमा पहिलो पटक बारिष्टा तालिम आयोजना गरिएको बताए । युवालाई छोटो समयमै व्यावसायिक सीप प्रदान गरी स्वदेश तथा विदेशमा रोजगारीका अवसर प्राप्त गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

अगस्ट ७ देखि १७ तारिखसम्म महेन्द्रनगरस्थित गंगोत्री गोल्ड होटलमा सञ्चालन भइरहेको तालिममा कञ्चनपुरका विभिन्न होटल, रेस्टुरेन्ट, क्याफे तथा होटल म्यानेजमेन्ट अध्ययन गरिरहेका २५ जना युवाको सहभागिता रहेको छ ।

छोटो समयमै सिक्न सकिने तथा स्वदेश र विदेश दुवैतर्फ रोजगारीको सम्भावना रहेको बारिष्टा सीप युवाका लागि स्वरोजगार र रोजगारीको नयाँ माध्यम बन्न सक्ने देखिएको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?