कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार

कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान पुरुस्कार द्धारा सम्मान गरिएको छ ।

कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान पुरुस्कार द्धारा सम्मान गरिएको हो । शुक्रवार कृषि ज्ञान केन्द्र कञ्चनपुरले सुदुरपश्चिम प्रदेश सरकारले तोकेको मापदण्ड अनुसार छनौटमा परेका तिन जना किसानलाई प्रति व्यक्ती नगद रु पच्चिस हजार नगद तथा प्रमाणपत्र तथा दोसल्ला सहित भीमदत्त उत्कृष्ठ किसान पुरुस्कार द्धारा सम्मान गरेको हो । उक्त पुरस्कार जिल्ला समन्वय समिती कञ्चनपुरका प्रमुख दुर्गा दत्त वोहराले किसानहरुलाई हस्तान्तरण गनूृ भएको थियो । पुरुस्कार ग्रहण पश्चात आफ्नो भनाई राख्दै कृष्णपुर नगरपालिका वडा नम्वर ५ का केरा व्यवशायी किसान सुरेन्द्र चौधरीले सम्मानीत हुन पाउनु किसानको लागि गौरवको कुरो भए पनी यसमा अग्रज किसान तथा कृषि ज्ञान केन्द्रको पनी सहयोग रहेको वताउनु भयो । साथै उहाले यस सम्मान बाट अन्य किसानहरुले पनी प्रेरणा पाउने भएकाले यो सम्मान कार्यक्रमलाई निरन्तरता दिईनु पर्ने समेत वताउनु भयो ।

ययसै गरि उत्कृष्ठ किसानहरुलाई पुरुस्कार प्रदान गर्दै जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहराले कृषि पेशा हिजकोका दिनमा वर्वको पेशाको रपमा लिइएको भए पनी अहिलेको पुस्ताले कृषिलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको वताउनु भयो । साथै उहाले कृषिमा छाडा चौपायको समस्या, जजंगली जनावरको समस्या, रसयनीक मलको समस्या, उन्नत विँउविजन लगायत थुप्रै चुनौति रहेपनी धेरै मिहेनत गरेर किषानहरुले सम्मान पाउन सकेको भन्दै बधाई समेत ज्ञापन गर्नु भएको छ ।

यसै गरि भीमदत्त उत्कृष्ठ किसान सम्मान कार्यक्रममा वोल्दै कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख हरि प्रसाद पनेरुले अहिलेको युवा पुस्ताहरू कृषिबाट पलायन भइरहेको अवस्थामा कृषिलाई जीवन्त राखिराख्न र समाजलाई किसानको आवश्यकता छ भनेर देखाउनकोे लागी कार्यक्रमको आयोजना गरिएको वताउनु भयो । साथै उहाले किसानको सम्मान नगरीे कृषि प्रधान देश मात्रै भनेर कृषिले सार्थकता नपाउने समेत वताउदै किसानहरूको सम्मान र कृषि पेशालाई एउटा आधुनिक सम्मानित पेशाको रूपमा अगाडि बढाउन नसके जति ठुला कुरा गरे पनि परिवर्तन नहुने समेत उहाले वताउनु भयो ।

सम्मानी हुने किसानहरुमा कृष्णपुर ४ का पुष्पा कलौनी जोशी, कृषणपुर ४ का सुरेन्द्र चोधरी र वेदकोट ५ का कलुवा कामी रहेका छन ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?