भुजेला खोला सफाइपछि बाढीको जोखिम कम, स्थानीय लाइ राहत

कञ्चनपुर ८ असार
भीमदत्त नगरपालिका वडा नम्बर ११ मा रहेको भुजेला खोलाको सफाइ गरिएपछि स्थानीय बासिन्दाले वर्षायाममा हुने बाढीको जोखिम उल्लेखनीय रूपमा कम भएको बताएका छन्।

भीमदत्त नगरपालिकाको आर्थिक सहयोग तथा वडा नम्बर ११ का वडा अध्यक्ष प्रकाश थापाको सक्रियतामा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको भुजेला खोला सफाइ अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको हो। खोलाको बीच भागमा थुप्रिएको माटो, बालुवा तथा झाडी हटाएर पानीको बहाव सहज बनाइएपछि बाढीको जोखिम कम भएको स्थानीयको भनाइ छ।

स्थानीय कैलास पाण्डेले विगतमा वर्षात्का बेला खोलाको पानी बस्तीमा पस्ने जोखिम रहेकामा अहिले सफाइपछि केही राहत मिलेको बताए। यद्यपि दीर्घकालीन समाधानका लागि सरकारले पक्की तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

यस्तै अर्का स्थानीय लेखबहादुर क्षेत्रीले खोला सफाइले तत्काल राहत दिए पनि स्थायी समाधान भने पक्की तटबन्ध नै भएको बताए। उनले भुजेला खोलालाई पूर्ण रूपमा व्यवस्थापन गरी बाढी नियन्त्रणका लागि आवश्यक संरचना निर्माण गर्न सरकारसँग माग गरे।

वडा अध्यक्ष प्रकाश थापाले भीमदत्त नगरपालिका वडा नम्बर ८, ९ र १० बाट आउने वर्षेनीको पानी भुजेला खोलामै मिसिने भएकाले बस्ती जोखिममा पर्ने गरेको बताए। सोही कारण विपद् पूर्वतयारीअन्तर्गत प्रत्येक वर्ष खोला सफाइ अभियान सञ्चालन गर्दै आएको उनले जानकारी दिए।

अध्यक्ष थापाले भुजेला खोलामा स्थायी रूपमा बाढी नियन्त्रण गर्न पक्की तटबन्ध निर्माण आवश्यक रहेको उल्लेख गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए। साथै वडा नम्बर १२ क्षेत्रमा निर्माण गरिएका पुल तथा चार लेन सडकका संरचनाले समेत पानीको प्राकृतिक बहावमा असर गर्दा वडा नम्बर ११ का बासिन्दाले वर्षेनी समस्या भोग्नुपरेको उनको भनाइ छ।

करिब साढे तीन किलोमिटर क्षेत्रमा फैलिएको भुजेला खोलामा वर्षायाममा आउने बाढीका कारण स्थानीय बासिन्दाले वर्षेनी सास्ती खेप्दै आएका छन्। स्थानीयका अनुसार खोला सफाइ अभियानले तत्काल राहत दिएको भए पनि दीर्घकालीन रूपमा पक्की तटबन्ध निर्माण गरिए मात्र बाढी समस्याको स्थायी समाधान हुने विश्वास गरिएको छ।

ताजा खबर

भीमदत्त–१८ की निर्वाचित वडा सदस्य लागुऔषध सहित पक्राउ, थप अनुसन्धान जारी

कञ्चनपुर ७ असार  भीमदत्त नगरपालिका वडा नम्बर १८ की निर्वाचित...

खप्तड कृषि सहकारीद्वारा निर्मित दुग्ध संकलन केन्द्रको सार्वजनिक सुनुवाइ सम्पन्न

कञ्चनपुर ६ असार खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी अस्पताल तथा...

ब्रह्मदेव–टुँडिखेल सडक र वडा सचिवको माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

कञ्चनपुर २ असार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९...

भीमदत्त–८ मा निःशुल्क आँखा शिविर, ४ सय ४४ जनाले लिए सेवा

कञ्चनपुर ३० जेठ विश्व हिन्दु परिषद नेपाल जिल्ला कार्य समिति...

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?