महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ

महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको दुर्गम वस्ति खल्ला मुसेट्टीमा एक दिने निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको दुर्गम वस्ति खल्ला मुसेट्टीमा एक दिने निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर आयोजना गरिएको हो । भीमदत्त नगरपालिकाको सहयोग तथा महाकाली प्रादेशिक अस्पताल र मन्त्र अस्पतालको प्राविधिक सहयोगमा भीमदत्त नगरपालिकाको दुर्गम वस्ति खल्ला मुसेट्टीमा एक दिने निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । आईतवार भीमदत्त नगरपालिकाका वडा नम्वर ९ को स्मृति आधारभुत विद्यालयमा उक्त शिविरको आयोजना गरिएको हो । महेन्द्रनगर बजार क्षेत्र बाट टाढा रहेको उक्त वस्तिमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर आयोजना गरिए पछि स्थानीयहरु समेत हर्सित भएका छन । हजारौ खर्च गरेर सदरमुकाम जानु भन्दा गाउमै आएर निशुल्क रुपमा चेक जाँच तथा औषधी वितरण गएि पछि स्थानीयहरु लाभान्वित भएका छन भने आगामी दिनहरुमा समेत यस्ता शिविरहरु अझै सञ्चालन गरिदिन समेत स्थानीयहरुले अनुरोध गरेका छन ।

यसै गरि महाकाली बहुप्राविधिक शिक्षालय नमुना शिक्षालयको रुपमा छनौट भएपछि विकट वस्तिमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भन्ने निर्णय भएकोृ हुदा भीमदत्त आज भीमदत्त नगरपालिकाको खल्ला मुसेट्टीमा शिविर सञ्चालन गरिएको शिक्षालयका निर्देशक परमल साउदले वताउनु भयो । साथै उहाले यसको लागी रु एक लाख बजेट विनियोजन भएको वताउदै आज दुई जना विषेसज्ञ चिकित्सकहरु ल्याएर शिविर सञचालन भईरहेको समेत वताउनु भयो ।

यसै गरि आजको शिवरिमा धेरै जसो स्वास प्रस्वास सम्विन्धि समस्या र महिलाहरुको तल्लो पेट दुख्ने समस्या बढि देखिएको र उनहिरुलाई उचित सल्लाह सुझाव सहित चेकजाँच गरि निशुल्क रुपमा औषधी वितरण गरिएको महाकाली बहुप्राविधिक शिक्षालयका प्रशिक्षक तथा मन्त्र अस्पतालका निर्देशक डा गोविन्द रोकायाले वताउनु भयो । साथै उहाले आजको विशेषज्ञ सेवाहरूमा बच्चा देखि वृद्धसम्ममा देखिने समस्याहरु, आँङ खस्ने, महिनावारीमा गडबडी तथा सेतो पानी बग्ने समस्याहरुका लागी परामर्श दिइएको समेत वताउनु भयो ।

भीमदत्त नगरपालिको आर्थिक सहयोग तथा सिटिईभिटी,महाकाली प्रादेशिक अस्पताल तथा गेटा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा सञ्चालन भएको एक दिने निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर बाट ९३ जना स्थानीय लाभान्वित भएका छन ।

 

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?