होली फेमिली इङ्लिस मिडियम स्कुलमा अन्तर माध्यमिक टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुँदै

प्रतियोगिता आगामी जेठ १५ गतेदेखि स्कुलको खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको हाे । प्रतियोगिताबारे जानकारी दिन बिहीबार स्कुल परिसरमै पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। पत्रकार सम्मेलनमा प्रतियोगिताको उद्देश्य, सञ्चालन प्रक्रिया, पुरस्कार तथा व्यवस्थापनका विषयमा विस्तृत जानकारी गराइएको हो।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन कुनै शुल्क लाग्ने छैन। प्रतियोगिता सञ्चालनका लागि भिमदत्त नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ। प्रतियोगितामा भिमदत्त नगर क्षेत्रका १८ वटा टिमको सहभागिता रहनेछ भने, खेल नकआउट चरणमा सञ्चालन गरिनेछ। प्रतियोगितालाई चार समुहमा विभाजन गरी सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा ३६ जना अफिसियल परिचालन गरिनेछ।

प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, “म्यान अफ द म्याच” लाई १ हजार ५ सय, “बेस्ट बलर” र “बेस्ट ब्याट्सम्यान” लाई जनही २ हजार ५ सय, “म्यान अफ द सिरिज” लाई ३ हजार तथा उदयीमान खेलाडीलाई १ हजार ५ सय रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिने आयोजक हाेलि फ्याम्ली स्कुलका सञ्चालक भुपाल सी्ह विष्टले बताउनु भयाे ।

पत्रकार सम्मेलनकै अवसरमा प्रतियोगिताको ट्रफी पनि अनावरण गरिएको थियो। कार्यक्रममा विद्यालयका सञ्चालक भुपाल सिंह विष्टको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिका रूपमा भिमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशी सहभागी रहेका थिए।

त्यसैगरी, विशिष्ट अतिथिका रूपमा हाेली फ्याम्ली अंग्रेजी माध्यम स्कुलका सिस्टर म्यानेजर तथा प्याब्सन कञ्चनपुरका अध्यक्ष माहादेव प्रसाद भट्ट सहभागी थिए। कार्यक्रममा जिल्ला क्रिकेट संघ कञ्चनपुरका सचिव विशाल साेनार, सहित विभिन्न क्षेत्रका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले सुदूरपश्चिममै पहिलो पटक विद्यालयस्तरीय यति ठूलो क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको उल्लेख गर्दै विद्यार्थीहरूलाई खेलमार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्ने विश्वास व्यक्त गरे। अन्य खेलकुद गतिविधि सञ्चालन हुँदै आए पनि क्रिकेटलाई प्राथमिकतामा राखेर यस्तो प्रतियोगिता आयोजना गरिएको उनले बताए।

विशिष्ट अतिथि माहादेव प्रसाद भट्टले विद्यालयले विगतदेखि नै विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको उल्लेख गर्दै यस प्रतियोगिताले भविष्यका उत्कृष्ट खेलाडी उत्पादन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार प्रतियोगिता जेठ १५ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ।

विद्यालयका सञ्चालक भुपाल सिंह विष्टले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने भिमदत्त नगरपालिका, कञ्चनपुर जिल्ला क्रिकेट संघ लगायत सम्पूर्ण सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै खेल सञ्चालनमा सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताए

ताजा खबर

भीमदत्तका १९ वटै वडाका महिलालाई तीनदिने वित्तीय साक्षरता तालिम

कञ्चनपुर, ४ श्रावण  महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतासम्बन्धी तीनदिने तालिम...

मुद्दा फर्छ्यौटमा उत्कृष्ट कञ्चनपुर जिल्ला अदालत, ५ करोडभन्दा बढी राजस्व संकलन

कञ्चनपुर, १ साउन कञ्चनपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३...

कञ्चनपुरको गैलनदीमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु, २०८४ असारभित्र सम्पन्न हुने

कञ्चनपुर, ३१ असार कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीमा नेपाल प्रहरीको अस्थायी...

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?