मेधाबीका विद्यार्थीहरुद्धारा नेपाल दुरसंचार प्राधिकरणको कार्यालय अवलोकन

कञ्चनपुर १३ जेठ
कञ्चनपुरमा रहेको मेधाबी सेकेन्ड्री स्कुलले कक्षा ९ र १० मा अध्ययरत विद्यार्थीहरुलाई विज्ञान विषयको प्रयोगात्मक कक्षाका लागी नेपाल दुरसंचार प्राधिकरणको कार्यालय कञ्चनपुरमा अवलोकन गराएको छ ।

कञ्चनपुरमा रहेको मेधाबी सेकेन्ड्री स्कुलले कक्षा ९ र १० मा अध्ययरत विद्यार्थीहरुलाई विज्ञान विषयको प्रयोगात्मक कक्षाका लागी नेपाल दुरसंचार प्राधिकरणको कार्यालय कञ्चनपुरमा अवलोकन गराएको हो । विगत देखि नै सैद्धान्तीक भन्दा पनी व्यवहारिक र प्रयोगात्मक विधि बाट अध्यापन गराउदै आएको यस विद्यालयले विज्ञान विषयको टेलिकम्यूनिकेसन अन्तर्गतको सिकाईका लागी नेपाल दुरसंचार प्राधिकरणको कार्यालय कञ्चनपुरमा अवलोकन गराएको हो । विद्यालयका विज्ञान शिक्षक शिवम वस्नेतले विद्यार्थीहरुलाई कितावी ज्ञान र कक्षाकोठाको ज्ञान भन्दा प्रयोगात्मक ज्ञानले गर्दा अझै पढेको कुरालाई व्यवहारमा उतार्न सहज हुन्छ भनेर टेलिफोन संवाद कसरी हून्छ, एक ठाँउमा वोलेको कुरा कसरी टाढा टाढा सम्म पुग्छ, अप्टिकल फाईवरके हो यसले कसरी काम गर्छ लगायतका विविध कुराको ज्ञान दिन दुरसञ्चार कार्यालयको अवलोकन गराएको वताउनु भएको छ । साथै उहाले यस बाट विद्यार्थीहरुले प्रयोगात्मक रुपमै ज्ञान हासिल गर्ने र अझै राम्रो संग बुझ्न सक्ने हुदा विद्यालयले यसमा विषेस जोड दिदै आएको समेत उहाले वताउनु भयो ।

नेपाल टेलिकमको महेन्द्रनगर स्थीत कार्यालयको अवलोकनमा आएका मेधाबी सेकेन्ड्री स्कुलका विद्यार्थीहरुलाई कार्यालय प्रमुख प्रकाश राज भट्ट लगायतका प्राविधिक कर्मचारीहरुले दुरसञ्चार सम्वन्धि प्रशिक्षण दिनुका साथै स्थलगत अवलोकन गराएका थिए भने विद्यार्थीहरुले समेत यस जानकारी हासिल गरेर धेरै कुरा सिक्ने अवशर समेत पाएका छन ।

 

ताजा खबर

रोयल दरबार होटल घटनामा प्रहरीको भूमिकामाथि प्रश्न, पीडित पक्षले गर्याे लापरवाहीको आरोप

कञ्चनपुर १३ जेठ भीमदत्त नगरपालिकाको भाषिमा रहेको रोयल दरबार होटलमा...

उत्थानशिल युवा सञ्जालका लागी विपद् जोखिम न्युनिकरण सम्बन्धि तालिम आयोजना

कञ्चनपुर १३ जेठ कञ्चनपुरको भीमदत्त नगरपालिकाले पालिका भित्रका उत्थानशिल युवा...

भारत यात्रा पूरा गरेर फर्किएकी साईकल यात्री यमुना ढकालद्वारा दोधारा चाँदनीमा वृक्षारोपण

कञ्चनपुर १३ जेठ नेपालको झापा जिल्ला निवासी साहसी युवती यमुना...

१०७ दिन साइकल यात्रा गर्दै महेन्द्रनगर पुगिन् यमुना ढकाल

कञ्चनपुर १२ जेठ नेपालको झापा जिल्लाकी साहसी युवती यमुना ढकालले...

शिक्षामन्त्रीसँग इयू आबद्ध मुलुकका राजदूतहरुको शिष्टाचार भेटवार्ता

काठमाडौँ, ११ जेठ  माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?