उत्थानशिल युवा सञ्जालका लागी विपद् जोखिम न्युनिकरण सम्बन्धि तालिम आयोजना

कञ्चनपुर १३ जेठ
कञ्चनपुरको भीमदत्त नगरपालिकाले पालिका भित्रका उत्थानशिल युवा सञ्जालका लागी विपद् जोखिम न्युनिकरण सम्बन्धि ३ दिने तालिम आयोजना गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाले पालिका भित्रका उत्थानशिल युवा सञ्जालका लागी विपद् जोखिम न्युनिकरण सम्बन्धि ३ दिने तालिम आयोजना गरेको हो । वर्षातको समय नजिकीदै जादा नगरपालिका क्षेत्रमा हुने विपद न्यूनिकरण गर्न र जोखिम कम गर्न पालिका भित्रका उत्थानशील युवा सञ्जालका सदस्यहरुलाई भीमदत्त नगरपालिकाबको आयोजना तथा निड्स नेपाल र अक्सफाम को सहजिकरणमा गत आईत वार देखि तिन दिने विपद् जोखिम न्युनिकरण सम्बन्धि तालिम आयोजना गरेको हो । उक्त तालिमबाट धेरै कुराको अनुभव लिएको र यसले गर्दा समुदायमा विपद जोखिम न्युनिकरण गर्न सहज हुने सहभागिीहरुले वताएका छन । वर्षातको समय पनि नजिक आईरहेको हुदा यस तालिम बाट सिकेका कुरालाई समुदायमा लगेर कार्यान्वयन गर्न सके विपद जोखिम न्यूनिकरण गर्न सकिने समेत सहभागिहरुले वताएका छन ।
यसै गरि उत्थानशिल युवा सञ्जालका लागी विपद् जोखिम न्युनिकरण सम्बन्धि ३ दिने तालिमको समापन समारोहमा वोल्दै भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखककले विपद जोखिम न्यूनिकरणका लागी नगरपालिकाका १९ वटै वडामा उथ्थानसिल युवा सञ्जाल गठन गरि उनीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो तालमको आयोजना गरिएको वताउनु भयो । साथै उहाले यति तालिमले मात्रै नपुग्ने भएको हुदा अझै विभिन्न साझेदार संघ संस्थाहरु संग सहकार्य गरेर आगामी दिनहरुमा के गर्न सकिन्छ त्यातिर पहल गर्ने समेत वताउनु भयो ।
कार्यक्रममा बोल्दै निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले समाज र विकासका सवालहरूमा सबै पुस्ताको समान सहभागिता आवश्यक रहेको बताउदै केवल जनप्रतिनिधि, कर्मचारी वा युवाले मात्र सम्भव नहुने वताउनु भयो । साथै उहाले युवामा प्रश्न गर्ने, खोजी गर्ने र ऊर्जाशील क्षमता भए पनि आफ्नो कर्तव्य र जिम्मेवारीबारे खोजी गर्ने पक्ष कमजोर बन्दै गएको वताउदै युवाहरूले आफ्नो भूमिका पहिचान गर्दै कुनै न कुनै क्षेत्रमा दक्ष र सक्षम अभियन्ता बन्न सके मात्रै दिगो विकास सम्भव हुने वताउनु भयो ।
तिन दिन सम्म सञ्चालन भएको तालिममा विज्ञहरु द्धारा भीमदत्त नगरपालिका भिर रहेका उथ्थानसिल युवा सञ्जालका ३२ जना युवा सहभागिहरुलाई प्रशिक्षण दिईएको थियो भने तालिमले विपद को क्षेत्रमा केहि सहजता हुने र र्भपरि आउदा समुदायका युवाहरुलाई प्रयोग गरि विपद जोखिम क मगर्न सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?