दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ

खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु विज्ञ केन्द्र कञ्चनपुरको सहयोगमा सञ्चालित ईलरी परियोजना अन्तर्गत दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर, पशु औषधि वितरण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

भीमदत्त नगरपालिका–१० तिल्केनीस्थित खप्तड कृषि सहकारी संस्थाको आयोजनामा सम्पन्न कार्यक्रम शनिवार सहकारीका अध्यक्ष पूर्ण बहादुर साउदको अध्यक्षता तथा वडा सदस्य लक्ष्मी लुहारको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो। कार्यक्रममा भेटेरिनरी तथा पशु विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख रशिन पाण्डे विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा बोल्दै प्रमुख रशिन पाण्डेले पशुपालन क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी किसानहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले समुदायस्तरमा पशु आहार, प्रजनन तथा स्वास्थ्यसम्बन्धी नवीन कार्यक्रम सञ्चालन गरिएको बताए। उनले पशुमा लाग्ने विभिन्न रोगको निदान, बाझोपनाको न्यूनीकरण, नयाँ प्रविधिको हस्तान्तरण तथा प्राविधिकमार्फत किसानलाई प्रत्यक्ष सेवा प्रवाह गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।

सहकारीका अध्यक्ष पूर्ण बहादुर साउदले दुग्ध किसानहरूको आर्थिक अवस्था सुदृढ बनाउने तथा दुग्ध उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले ईलरी परियोजनाको दोस्रो वर्षमा किसानलाई पशुका लागि आवश्यक भिटामिन, मिनरल्स, जुकाको औषधि र सन्तुलित पशु आहारलगायत सामग्री वितरण गरिएको बताए।

उनले यस क्षेत्रमा दुग्ध उत्पादनलाई थप विस्तार गरी भविष्यमा ठूलो उद्योग स्थापना गरेर दूधजन्य विभिन्न परिकार उत्पादन तथा निर्यात गर्ने लक्ष्य समेत रहेको उल्लेख गरे।

कार्यक्रममा स्थानीय दुग्ध उत्पादक कृषकहरूको उल्लेख्य सहभागिता रहेको थियो। साथै भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुरका विज्ञहरूले पशुपालन तथा पशुजन्य रोगसम्बन्धी जानकारी प्रदान गरेका थिए।

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?