कञ्चनपुर ०१ जेठ
महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा सुदूरपश्चिम विश्वविद्यालयमा “सुदूरपश्चिममा सीमापार ज्ञान, सांस्कृतिक सम्पदा तथा जलवायु उत्थानशीलता” विषयक अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरिएको छ ।

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा सुदूरपश्चिम विश्वविद्यालयमा “सुदूरपश्चिममा सीमापार ज्ञान, सांस्कृतिक सम्पदा तथा जलवायु उत्थानशीलता” विषयक अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरिएको हो । शुक्रवार पुर्व अमेरिकी राजदुत माननीय डा अर्जुन कार्कीको प्रमुख आतिथ्यता तथा महाकाली साहित्य संगमका अध्यक्ष तथा सुदुरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलको अध्यक्षतामा सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा “सुदूरपश्चिममा सीमापार ज्ञान, सांस्कृतिक सम्पदा तथा जलवायु उत्थानशीलता” विषयक अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरिएको हो । कार्यक्रममा वोल्दै भारतका प्रसिद्ध पुरातत्वविद् पदमश्री डा यसोधर मठपालले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्ध निकै पुरानो रहेको वताउदै सगरमाथा र सीता माताको कारण पनीे दुई देशलाई शताब्दीयौं देखि जोडेको बताउनु भएको छ । साथै उहाले नेपालको इतिहास, पुरातात्विक अध्ययन र मानव सभ्यताको प्रारम्भिक विकासबारे अझै पर्याप्त अनुसन्धान हुन नसकेको उल्लेख गदै हिमालय क्षेत्रको उत्पत्ति तथा मानव निर्मित ढुंगे औजारहरूको खोजबारे चर्चा गर्दै नेपालका शिवालिक क्षेत्रमा पनि यस्ता प्रमाण भेटिने सम्भावना रहेको वताउनु भएको छ ।
बाईट…पदमश्री डा यसोधर मठपाल, पुरातत्वविद, भारत
कार्यक्रममा स्वागत मनतव्य राख्दै सुदूरपश्चिम विश्वविद्यालयमा भाषा, साहित्य र संस्कृति अध्ययन केन्दका निर्देशक प्रा डा हरिष चन्द्र भट्टले आजको यो अवशर केवल औपचारिक कार्यक्रम मात्र नभई ज्ञान, अनुसन्धान, भाषा, साहित्य, संस्कृति तथा मानव सभ्यताको साधा चिन्तनलाई विश्व समुदाय समक्ष प्रस्तुत गर्ने एउटा महत्त्वपूर्ण ऐतिहासिक क्षण भएको वताउनु भयो । साथै उहाले आजको युगमा भाषा, साहित्य, संस्कृति, संरक्षण, संवद्र्धनका लागी अन्तर्राष्ट्रिय सम्बन्धको आवश्यक्ता भएको हुदा यो अन्तर्राष्ट्रिय सम्मेलन केवल शैक्षिक रुपमा मात्रै नभई विश्वका विभिन्न समुदायबीचको आवश्यक सहभागिता, सहकारी, सांस्कृतिक सहअस्तित्वको भावनाका लागी समेत महत्वपुर्ण रहने विश्वास समेत उहाले व्यक्त गर्नु भएको छ ।
यसै गरि कार्यक्ममा वोल्दै महाकाली साहित्य संगमका अध्यक्ष्य तथा सुदूरपश्चिम प्रदेशका पुर्व मुख्य मन्त्री राजेन्द्र सिह रावल ले हामीले हामे सस्कृतिज ोगाउन र विकास गर्न समान्य हुड्केलीका दुई चार शवद सुनाएर र देउडामा खुट्टा मात्रै मिलाएर मात्रै नहुने वताउदै यसका लागी हामीले हाम्रा संसाधनहरू, हाम्रा स्रोतहरूको व्यवस्थापन गर्नु जरुरी रहेको हुदा यो कार्यक्मको आयोजना गरिएको वताउनु भयो साथै उहाले हामीले हाम्रा सम्पदाहरुका पुरातात्वीक महत्वहरको पहिचानका लागी भारतका धुरन्धर पुरातत्वविद पदमश्री डा यसोधर मठपाल जस्ता हस्तिहरुलाई आमनत्रण गरेको समेत वताउनु भयो ।
कार्यक्रममा कला “सुदूरपश्चिममा सीमापार ज्ञान, सांस्कृतिक सम्पदा तथा जलवायु उत्थानशीलता” समवन्धि विभिन्न कार्यपत्रहरु प्रस्तुत थरिएका थिए भने सुदूरपश्चिम प्रदेशका उपसभामुख, महिला सांसद, भीमदत्त का उपप्रमुख तथा भारत बाट आएका महिला अनुसनधानकर्तालाई चैतलो भेटौलो बाट सम्मान गरिनुका साथै विभिन्न कला संसकृति झल्किीने सगुन, हुडकेलि, भाडा लगायतका सास्कृतिक प्रस्तसति सहित कार्यक्रम सम्पन्न गरिएको थियो ।


