शिक्षामन्त्रीसँग अस्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ २५ वैशाख 

माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत महामहिम साइमन अन्स्र्टले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटका क्रममा उहाँहरूबिच नेपाल र अस्ट्रेलियाबिचको सम्बन्ध, शिक्षा, विकास साझेदार तालगायत विषयमा कुराकानी भएको थियो । विशेष गरी उहाँहरूबिच उच्च शिक्षामा अन्तरदेशिय शिक्षा प्रबन्धका क्षेत्रमा दुई देशबिच सहकार्यको सम्भावनाका विषयमा छलफल भएको थियो ।
भेटमा शिक्षामन्त्री पोखरेलले अष्ट्रेलियन उच्च शिक्षाका राम्र कार्यक्रममा सहकार्य र साझेदारीताका विषयमा सकारात्मक रहेको भन्दै ती विषयमा कानुनी प्रबन्धका लागि पहल गरिने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री पोखरेलले विश्व स्तरीय शिक्षा नेपाल मै दिने गरी नीतिगत सुधार गरेर जानुपर्नेमा जोड दिनुभयो ।
उहाँले विद्यालय शिक्षा क्षेत्रमा सुधारका अरू विकास साझेदारहरूसँग जस्तै अस्ट्रेलियासँग पनि सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको बताउनुभयो ।
राजदूत महामहिम अन्स्र्टले उच्च शिक्षामा अन्तरदेशिय शिक्षा प्रवन्धकका बारेमा चासो व्यक्त गर्दै
उहाँले उच्च शिक्षाका राम्रा अष्टे«लियन कार्यक्रमहरुमा साझेदारी गर्ने इच्छासमेत व्यक्त गर्नुभएको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?