ल्याब–बेसिक पठनपाठन सुरु गर्दै सार्क एजुकेसन फाउन्डेसन

 

कञ्चनपुर १६ वैसाख
कञ्चनपुरको महेन्द्रनगर स्थित सार्क एजुकेसन फाउन्डेसनले आधुनिक शिक्षण प्रणालीअन्तर्गत ल्याब–बेसिक पठनपाठन सुरु गर्ने भएको हो । बुधवार स्कुलमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्क एजुकेसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत डा। लक्ष्मण बस्नेतले यसै शैक्षिनक शत्र देखि पुर्ण रुपमा विद्यार्थीलाई प्रयोगशाला–आधारित शिक्षणमार्फत अध्यापन गराईने वताउनु भएको हो । साथै उहाले प्रत्येक विषयका लागी अलग अलग ल्यावको व्यवस्था गरेर सबै आवश्यक पाठ्यपुस्तक, अध्ययन सामग्री तथा प्रयोगात्मक साधनहरू ल््याबमै उपलव्ध गराएर अध्यापन गराईने हुदा यसरी अध्यापन गराउदा मानसिक रुपमा पनी वालवालिकाहरुमा सकारात्मक प्रभाव पर्ने समेत वताउनु भयो ।
यसै गरि यसरी पढाउदा सम्पुर्ण सामग्रीहरु कक्षाकोठामै उपलव्ध हुने हुदा अभिभावक र विद्यार्थीहरुका लागी सहज हुने र विद्यार्थीहरुले एउटा सामान्य नोटबुक बोकेर आउदा पनी हुने समेत प्रमुख कार्यकारी अधिकृत डा। लक्ष्मण बस्नेतले वताउनु भयो । विद्यार्थीहरूले झोलामा धैरै पाठ्यपुस्तक, टिफिन लगायतका समानहरु बोकेर ल्याउनु पर्ने बाध्यता समेत हट्ने गरि सार्क एजुकेसन फाउन्डेसनले पठन पाठन शुरु गर्न लागेको समेत उहाले् वताउनु भयो ।

शिक्षा क्षेत्रमा नयाँ अभ्यासका रूपमा हेरिएको यो ल्याब–बेसिक पठनपाठनले विद्यार्थीहरूमा सैद्धान्तिक ज्ञान मात्र नभई विज्ञान, प्रविधि, स्वास्थ्य, कृषि तथा अन्य विषयमा प्रत्यक्ष अभ्यास गर्दै सिक्ने अवसर पाउने अपेक्षा गरिएको छ भने शैक्षिक सुधार, सीपमूलक शिक्षा विस्तार तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत गरिएको छ ।

 

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?