सरकारी जमिन अतिक्रमण हटाउन कम्युनिष्ट युवा संगठन नेपालको ध्यानाकर्षण

कञ्चनपुर, १२ वैसाख
कम्युनिष्ट युवा संगठन नेपाल, जिल्ला समिति कञ्चनपुरले भीमदत्त नगर विकास समितिको सरकारी जमिन अतिक्रमण तथा नियम विपरीत गरिएको लिज सम्बन्धी विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारी सम्पत्तिको संरक्षणमा राज्य उदासीन र बेवास्ता भएको आरोप लगाएको हो ।

विज्ञप्ति अनुसार, भीमदत्तनगर विकास समितिको ६३८ बिघा ८ कठ्ठा १३ धुर सरकारी जमिन र जिल्लाका विभिन्न स्थानमा रहेका सार्वजनिक जग्गामा गैरकानुनी रूपमा कब्जा, अवैध संरचना निर्माण तथा नियम विपरीत लिजका गतिविधि भएकोे बताइएको छ ।

संगठनले पटक–पटक सरोकारवालाको ध्यानाकर्षण गराउँदा पनि सरकारी सम्पत्तिको संरक्षण गर्ने दायित्व राज्यले प्रभावकारी रूपमा निर्वाह नगरेको जनाएको छ । केही व्यक्तिहरूले सरकारी जमिनमा अवैध संरचना निर्माण गरी बसोबास गरिरहेको जानकारी हुँदाहुँदै पनि सम्बन्धित निकाय मौन बसेको आरोप लगाइएको छ ।
कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरू, प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित निकायलाई संगठनले तत्काल आवश्यक कदम चल््न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवाला निकायले अवैध संरचना हटाउने विषयमा सार्वजनिक रूपमा सूचना जारी गरे पनि कार्यान्वयन प्रभावकारी हुन नसकेको संगठनको भनाइ छ ।

अतिक्रमण गरिएका नगर विकास समितिको जमिन तथा अन्य सार्वजनिक स्थानहरूमा रहेका अवैध संरचना तत्काल हटाई, भेदभावरहित रूपमा कानुनी प्रक्रिया अगाडि बढाउन संगठनले माग गरेको छ ।
संगठनका अध्यक्ष अनमोल ठाकुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा वर्तमान सरकारले यस विषयलाई बेवास्ता गरे आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिइएको छ ।

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?