कंचनपुर, ७ वैसाख

कंचनपुर उद्योग बाणिज्य संघको ३४ औं बार्षिक साधारण सभा कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्नभएको छ ।
कंचनपुर उद्योग बाणिज्य संघको ३४ औं बार्षिक साधारण सभाकञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको हो । आईतवार संघका अध्यक्ष दिनेश मल्लको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुखआतिथ्यतामा ३४ औं बार्षिक साधारण सभाभव्य समारोहको आयोजनागर्दै सम्पन्नगरिएको हो । उक्त साधारण सभाको उदघाटन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योगि व्यवशायीहरुको हक हितका विषयमा महासंघ सधै सकारात्रमक रहेको वताउदै सुदुरपश्चिममा रहेका विभिन्न सम्भावनाहरुलाई रोजगारि संग जोड्न सकिने वताउनु भयो । साथेै उहाले निजि क्षेत्रको तर्फ बाट यस क्षेत्रमा पुर्वाधार निर्माण देखि विभिन्न विकासका लागी आफु व्यक्तगित रुपमा र आफुले प्रतिनधित्व गर्ने विभिन्न संस्थाहरुको तर्फ बाट प्रतिवद्ध रहेको समेत उहाले स्पष्ट पार्नु भयो ।
यसै गरि कार्यक्रममा बोल्दै कञ्चनपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पिताम्वर जोशिले आफुले आफ्नै कार्यकालमा यस संघ संग आवद्ध सदस्यहरुको विमा वनाउने विषयमा लागे पनी हाल आएर संघले यो काम पुरा गरेर व्यवशायीहरुको हितमा काम गरेको भन्दै वर्तमान कार्यसमितीलाई धन्यवाद ज्ञापन गर्नु भयो । साथै उहाले अवको काम भनेको डिजिटल युग भएकाले सदस्यहरुलाई डिजिटल सेवा दिन संघ प्रतिवद्ध रहने विश्वास समेत उहाले व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा वोल्दै कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले व्यवशायीहरुका विभिन्न समस्या समाधानको पहल गर्न सरकार संग समन्वय गरिदिन प्रमुख अतिथी ढकाल संग अनुरोध गर्दै निजी क्षेत्र सफल भए मात्रै अर्थतन्त्र वलियो हुने हुदा सरकार निजी क्षेत्र र स्थानीय सरकार विच समन्वय आवश्यक रहेको वताउनु भयो । साथै उहाले देशको आथिृक विकास र रोजगारी श्रृजनाका लागी निजी क्षेत्र सदैव प्रतिवद्ध रहेको समेत स्पष्ट पार्नु भयो ।
विभिन्न उद्योगि व्यवशायी पुर्व पदाधिकारी लगायतको सहभागिता रहेको उक्त कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउने व्यक्तीत्वहरुलाई सम्मान गरिनुका साथै संघले प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरुस्कार राससमा कार्यरत पत्रकार महादेव अवस्थिलाई प्रदान गरेको थियो ।





