यस वर्षको आर्थिक पत्रकारिता पुरस्कार अवस्थिलाई

कञ्चनपुर, ०६ वैसाख
कञ्चनपुरका युवा पत्रकार महादेव अवस्थीलाई कञ्चनपुर उद्योग वाणिज्य संघले प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कार सम्मान गरिएको छ ।

आईतबार संघको ३४औँ बार्षिक साधारण सभाको अवसरमा पत्रकार अवस्थीलाई दोसल्ला, नगदका साथै प्रमाण पत्र सहित सम्मान प्रदान गरिएको हो । कार्यक्रमको अवशरमा नेपाल उद्योग वाणिज्य महासघका केन्द्रीय अध्यक्ष चन्द्र प्रकास ढकाल र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले पत्रकार अवस्थीलाई नगद रु पाच हजार एक सय रासिको कञ्चन आर्थिक पत्रकारिता पुरुस्कार प्रदान गरेका हुन ।

आर्थिक क्षेत्रमा कलम चलाएर समाजमा योगदान पुर्याएको भन्दै पत्रकार अवस्थीलाई पुरस्कार प्रदान गरिएको वाणिज्य संघका महासचिव राहुल भट्टले बताए । अन्नपुर्ण राष्ट्रिय दैनिक, राष्ट्रिय समाचार समिति (रासस) कञ्चनपुरका समाचारदाता अवस्थी दशक देखि पत्रकारिता क्षेत्रमा सकृय छन । नेपाल पत्रकार महासंघका साधारण सदस्य तथा कञ्चनपुरको वेदकोट नगरपालिकाका स्थायी बासिन्दा रहेका पत्रकार अवस्थी आर्थिक, समसामयिक विषयमा कलम चलाउदैै अध्ययन समेत गर्दै आएका छन ।

आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका अवस्थीले पुरस्कारबाट थप कार्य क्षेत्रमा उत्साह थपिदिएको बताए । वाणिज्य संघले हरेक बार्षिक साधारण सभामा जिल्लाका एक पत्रकारलाई यसरी नै पुरस्कृत गर्दै आएको छ ।

 

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?