यस वर्षको आर्थिक पत्रकारिता पुरस्कार अवस्थिलाई

कञ्चनपुर, ०६ वैसाख
कञ्चनपुरका युवा पत्रकार महादेव अवस्थीलाई कञ्चनपुर उद्योग वाणिज्य संघले प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कार सम्मान गरिएको छ ।

आईतबार संघको ३४औँ बार्षिक साधारण सभाको अवसरमा पत्रकार अवस्थीलाई दोसल्ला, नगदका साथै प्रमाण पत्र सहित सम्मान प्रदान गरिएको हो । कार्यक्रमको अवशरमा नेपाल उद्योग वाणिज्य महासघका केन्द्रीय अध्यक्ष चन्द्र प्रकास ढकाल र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले पत्रकार अवस्थीलाई नगद रु पाच हजार एक सय रासिको कञ्चन आर्थिक पत्रकारिता पुरुस्कार प्रदान गरेका हुन ।

आर्थिक क्षेत्रमा कलम चलाएर समाजमा योगदान पुर्याएको भन्दै पत्रकार अवस्थीलाई पुरस्कार प्रदान गरिएको वाणिज्य संघका महासचिव राहुल भट्टले बताए । अन्नपुर्ण राष्ट्रिय दैनिक, राष्ट्रिय समाचार समिति (रासस) कञ्चनपुरका समाचारदाता अवस्थी दशक देखि पत्रकारिता क्षेत्रमा सकृय छन । नेपाल पत्रकार महासंघका साधारण सदस्य तथा कञ्चनपुरको वेदकोट नगरपालिकाका स्थायी बासिन्दा रहेका पत्रकार अवस्थी आर्थिक, समसामयिक विषयमा कलम चलाउदैै अध्ययन समेत गर्दै आएका छन ।

आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका अवस्थीले पुरस्कारबाट थप कार्य क्षेत्रमा उत्साह थपिदिएको बताए । वाणिज्य संघले हरेक बार्षिक साधारण सभामा जिल्लाका एक पत्रकारलाई यसरी नै पुरस्कृत गर्दै आएको छ ।

 

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?