शिवम् अटो ह्वील्स अत्तरिया–महिन्द्रा ग्राहकको विशेष उत्सव

हेमा भट्ट, माघ ११, कैलाली 

महिन्द्रा गाडी प्रयोगकर्ताहरूका लागि प्रतिक्षित अवसर Mahindra Care Fest / Car-Fest 2026 नेपालभर एकसाथ सुरु भएको छ। अग्रणी अग्नि ग्रुपको आयोजनामा सञ्चालन भइरहेको यो केयर फेस्ट देशभरका ५३ भन्दा बढी आधिकारिक महिन्द्रा सर्भिस सेन्टरहरूमा एकैसाथ सञ्चालन भइरहेको छ।
सुदूरपश्चिम क्षेत्रको प्रमुख महिन्द्रा सर्भिस सेन्टर शिवम् अटो ह्वील्स अत्तरिया, कैलाली यस वर्षको केयर फेस्टको केन्द्रबिन्दुको रूपमा रहेको छ। यहाँको EXPERT प्राविधिक टोली अत्याधुनिक कम्प्युटराइज्ड उपकरणको प्रयोग गर्दै महिन्द्रा गाडीहरूको गुणस्तरीय सर्भिस प्रदान गर्दैछ।
निःशुल्क ४५ बुँदे गाडी स्वास्थ्य जाँच
केयर फेस्टको विशेष आकर्षणको रूपमा महिन्द्रा गाडीधनीहरूलाई ४५ बुँदे निःशुल्क गाडी स्वास्थ्य जाँच सुविधा उपलब्ध गराइएको छ। इन्जिन, ब्रेक, सस्पेन्सन, इलेक्ट्रोनिक सिस्टम, ए.सी., टायर लगायत गाडीका महत्वपूर्ण भागहरूको परीक्षण गरी सम्भावित समस्या पहिचान र समाधानमा सहयोग पुर्‍याइनेछ।
आकर्षक छुट र सुविधा केयर फेस्ट अवधिभर शिवम् अटो ह्वील्स अत्तरिया मार्फत ग्राहकहरूले निम्न सुविधा र छुटको लाभ लिन सक्नेछन्:

कम्प्युटराइज्ड ह्वील अलाइनमेन्टमा ५०% सम्म छुट,जनरल लेबर चार्जमा ५०% सम्म छुट,जेन्युन एक्सेसरिजमा २०% छुट,जेन्युन स्पेयर पार्ट्स तथा ल्युब्रिकेन्ट्समा १०% छुट,निःशुल्क ए.सी. स्वास्थ्य जाँच फ्री कम्प्युटराइज्ड डाइग्नोसिस
सर्भिसमा प्रयोग हुने जेन्युन MAXIMILE ल्युब्रिकेन्ट्स ले गाडीको दीर्घकालीन प्रदर्शन, सुरक्षा र इन्धन क्षमता सुधार गर्न महत्वपूर्ण योगदान दिने कम्पनीको विश्वास छ।
बम्पर उपहार र लक्की ड्र केयर फेस्टलाई अझ रोचक बनाउन लक्की ड्र कार्यक्रम पनि आयोजना गरिएको छ। यस मार्फत एक भाग्यशाली ग्राहकले BGauss इलेक्ट्रिक स्कुटर जित्ने मौका पाउनेछन्। साथै, प्रत्येक सर्भिसमा आकर्षक उपहार, डिस्काउन्ट कुपन र क्यासलेस इन्स्योरेन्स सुविधा पनि उपलब्ध हुनेछ।

सञ्चालक कमलराज ओझाको भनाइ शिवम् अटो ह्वील्स अत्तरिया का सञ्चालक कमलराज ओझा ले भन्नुभयो,“महिन्द्राले सधैं ग्राहकको सुरक्षा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको छ। केयर फेस्ट–२०२६ ले महिन्द्रा गाडीधनीहरूलाई आधिकारिक सर्भिस सेन्टरमै गुणस्तरीय सेवा लिन उत्कृष्ट अवसर दिएको छ। माघ ९ देखि १४ गतेसम्म जतिसुकै पुराना वा नयाँ सबै महिन्द्रा गाडीहरूले सर्भिस लिन सक्ने व्यवस्था गरिएको छ। शिवम् अटो ह्वील्स सधैं जिम्मेवार सेवा, जेन्युन स्पेयर पार्ट्स र पारदर्शी सर्भिसमा प्रतिबद्ध छ। ग्राहकहरूले यो अवसरको अधिकतम लाभ लिनुहोला।”डिजिटल सेवा र सम्पर्क ग्राहकको सहजताका लागि Mahindra mTrack App मार्फत सर्भिस बुकिङको सुविधा पनि उपलब्ध छ। थप जानकारीका लागि शिवम् अटो ह्वील्स अत्तरिया, कैलाली सम्पर्क: 9801752493, 9801752495, 9801752497। टोल-फ्री सेवा पनि उपलब्ध छ।
जनवरी २३–२८ (माघ ९–१४) सम्म सञ्चालन हुने यस विशेष अफरमा सहभागी भई महिन्द्राको आधिकारिक सर्भिस सेन्टरमा आफ्नो गाडीको सुरक्षित, भरपर्दो र गुणस्तरीय सर्भिस गराउन आयोजकले महिन्द्रा गाडीधनीहरूलाई आग्रह गरेको छ।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?