मर्निङ्ग ग्लोरी कस्मिट ब्रेन हाजिरीजवाफ प्रतियोगिता ः महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० प्रथम

धनसिह धामी
कञ्चनपुर ६ माघ ।
कञ्चनपुरको एक निजी विद्यालयले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । भीमदत्त नगरपालिका १८महेन्द्रनगरमा रहेको मर्निङ्ग ग्लोरी माध्यामिक विद्यालयले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको हो ।
सोमबार आयोजना गरेको कस्मिट ब्रेन जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगितामा महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० प्रथम भएको छ । भने, द्वितियमा कञ्चन ग्यालेक्सी बेलडाँडी र तृतियमा चन्द्रसुर्य सेकेण्ड्री स्कुल झलारी भएको छ । विजेता प्रथम २१, द्वितिय ११ र तृतिय ६् नगद सहित प्रमाण पत्र पुरस्कार प्रदान गरिएको छ । मर्निङ्ग ग्लोरी विद्यालयका प्रन्सिपल चुडामणी शर्माले विद्यालयले पहिलो पटक उक्त प्रतियोगिता आयोजना गरिएको बताए । प्रिन्सिपल शर्माले अन्तर विद्यालयका विद्यार्थीको अन्तरनिहित क्षमता बाह्यी ल्याउँदै विद्यार्थीलाई थप अध्ययनशिल बनाउने उदेश्य रहेको बताए । जिल्लाभरीका ३० विद्यालयका टिमविच प्रतिस्पर्धा गराईएको थियो ।
कार्यक्रमको अध्यक्षता ग्रहण गरेका मर्निङ्ग ग्लोरी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव बहादुर चन्दले विद्यालयले आफ्ना विद्यार्थी मात्रै होईन जिल्लाभरीका विद्यार्थीहरुविचको जमघटदेखि आगामी दिनमा थप पढाईप्रति उत्साह जगाउने काम गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले विद्यालय स्तरबाटै आयोजना गरिएका यस्ता कार्यक्रमबाट विद्यार्थीमा भएको अन्तरनिहित क्षमता प्रस्फुटनदेखि विद्यार्थीको क्षमता विस्तारमा टेवा पुग्ने बताए । कार्यक्रममा आयोजक सहितका सहभागि विद्यालयका शिक्षक, अभिभावक सहितका सरोकारवाला प्रतिनिधीको सहभागिता रहेको थियो ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?