नेकपाबाट कञ्चनपुर १ र ३ मा बीना मगर र मान सुनार चुनावी मैदानमा

कञ्चनपुर, ६ माघ
नेपाली कम्युनिष्ट पाटी९नेकपा०बाट पुर्वमन्त्रीद्वय बीना मगर र मान बहादुर सुनारले टिकट पाएका छन । कञ्चनपुर क्षेत्र १मा संघीय सरकारकी पुर्व खानेपानीमन्त्री बीना मगर र क्षेत्र ३बाट प्रदेशका भूमि, व्यवस्था तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनारले टिकट पाएका हुन । नेकपाले कञ्चनपुर क्षेत्र १मा महिलाबाट बीना मगर र दलितबाट मान बहादुर सुनारलाई अघि सारेको जनाएको छ ।
नेकपा कञ्चनपुरका नेता खेमराज पाण्डेयले क्षेत्र, जिल्लाबाट सिफारिस भएका आधारमा १मा बीना मगर र ३मा मान बहादुर सुनारले टिकट पाएको बताए । नेकपा केन्द्रीय सदस्य समेत रहेका पुर्वमन्त्री मगर ०७०मा पहिलो संविधान सभा सदस्य चुनाव लडेकी थिईन, दोस्रो प्रयासमा ०७४मा पहिलो पटक संसदीय यात्रा तय गरेकी मगर मन्त्री भएकी थिईन । ०७९मा पनि पराजित भएकी नेतृ मगर फेरी ०८२मा संसदीय यात्रामा होमिएकी छिन ।
०७४मा क्षेत्र ३९ख०बाट प्रदेश सभा सदस्य हुँदै राज्यमन्त्री भएका सुनार फेरी प्रदेशबाट संघीय संसदको यात्रामा छन । पुर्वमन्त्री मगरले मन्त्री नहुँदै भएपछि र हालसम्म क्षेत्र १ को विकासका योजना अघि सार्दै आएको र मन्त्री सुनारले समेत मन्त्री हुँदा नहुँदा क्षेत्रको विकासमा गरेको योगदानले क्षेत्रका जनता फेरीपनि उत्साहित भएका छन । नेकपाबाट प्रत्यक्ष तर्फ बीना मगर सुदूरपश्चिमै एक्ली महिला उम्मेदवार भएको दावि गरिरहेको छ । क्षेत्र २मा पहिलो चरणमा प्रदेशका पुर्व समाजिक विकासमन्त्री लाल बहादुर खडकाको नाम सार्वजनिक भएपनि दोस्रो दिन नेकपा युवा नेता माधव पन्तको नाम सार्वजनिक भईरहेको छ । यस बारे नेकपा जिल्ला पाटीका नेता कार्यकर्ताहरुले २मा अझैपनि आधिकारिक को भन्ने बारे अन्यौलता छाएको जनाएका छन ।
‘पुर्वमन्त्री लाल बहादुर खडका र युवा नेता माधव पन्त दुवै जनाले पाटीबाट टिकट आ–आफुले पाएको देखाईरहेका छन, ‘नेकपा एक नेताले भने, ‘हामीलाई पनि यसले अन्यौता छाएको छ, माथि बुझेर मात्रै को आधिकारित उम्मेदबार भएको भन्छौँ ।’ यस अघि नेकपा कञ्चनपुरले जिल्लाका तीनै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको थियो । नेकपा जिल्लामा जसले टिकट पाएपनि कम्युनिष्ट आन्दोलन जोगाउनका लागि कटिबद्ध भई लाग्नुपर्ने धारणा अघि सारिरहेका छन ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?