नेकपाबाट कञ्चनपुर १ र ३ मा बीना मगर र मान सुनार चुनावी मैदानमा

कञ्चनपुर, ६ माघ
नेपाली कम्युनिष्ट पाटी९नेकपा०बाट पुर्वमन्त्रीद्वय बीना मगर र मान बहादुर सुनारले टिकट पाएका छन । कञ्चनपुर क्षेत्र १मा संघीय सरकारकी पुर्व खानेपानीमन्त्री बीना मगर र क्षेत्र ३बाट प्रदेशका भूमि, व्यवस्था तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनारले टिकट पाएका हुन । नेकपाले कञ्चनपुर क्षेत्र १मा महिलाबाट बीना मगर र दलितबाट मान बहादुर सुनारलाई अघि सारेको जनाएको छ ।
नेकपा कञ्चनपुरका नेता खेमराज पाण्डेयले क्षेत्र, जिल्लाबाट सिफारिस भएका आधारमा १मा बीना मगर र ३मा मान बहादुर सुनारले टिकट पाएको बताए । नेकपा केन्द्रीय सदस्य समेत रहेका पुर्वमन्त्री मगर ०७०मा पहिलो संविधान सभा सदस्य चुनाव लडेकी थिईन, दोस्रो प्रयासमा ०७४मा पहिलो पटक संसदीय यात्रा तय गरेकी मगर मन्त्री भएकी थिईन । ०७९मा पनि पराजित भएकी नेतृ मगर फेरी ०८२मा संसदीय यात्रामा होमिएकी छिन ।
०७४मा क्षेत्र ३९ख०बाट प्रदेश सभा सदस्य हुँदै राज्यमन्त्री भएका सुनार फेरी प्रदेशबाट संघीय संसदको यात्रामा छन । पुर्वमन्त्री मगरले मन्त्री नहुँदै भएपछि र हालसम्म क्षेत्र १ को विकासका योजना अघि सार्दै आएको र मन्त्री सुनारले समेत मन्त्री हुँदा नहुँदा क्षेत्रको विकासमा गरेको योगदानले क्षेत्रका जनता फेरीपनि उत्साहित भएका छन । नेकपाबाट प्रत्यक्ष तर्फ बीना मगर सुदूरपश्चिमै एक्ली महिला उम्मेदवार भएको दावि गरिरहेको छ । क्षेत्र २मा पहिलो चरणमा प्रदेशका पुर्व समाजिक विकासमन्त्री लाल बहादुर खडकाको नाम सार्वजनिक भएपनि दोस्रो दिन नेकपा युवा नेता माधव पन्तको नाम सार्वजनिक भईरहेको छ । यस बारे नेकपा जिल्ला पाटीका नेता कार्यकर्ताहरुले २मा अझैपनि आधिकारिक को भन्ने बारे अन्यौलता छाएको जनाएका छन ।
‘पुर्वमन्त्री लाल बहादुर खडका र युवा नेता माधव पन्त दुवै जनाले पाटीबाट टिकट आ–आफुले पाएको देखाईरहेका छन, ‘नेकपा एक नेताले भने, ‘हामीलाई पनि यसले अन्यौता छाएको छ, माथि बुझेर मात्रै को आधिकारित उम्मेदबार भएको भन्छौँ ।’ यस अघि नेकपा कञ्चनपुरले जिल्लाका तीनै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको थियो । नेकपा जिल्लामा जसले टिकट पाएपनि कम्युनिष्ट आन्दोलन जोगाउनका लागि कटिबद्ध भई लाग्नुपर्ने धारणा अघि सारिरहेका छन ।

ताजा खबर

शिवम् अटो ह्वील्स अत्तरिया–महिन्द्रा ग्राहकको विशेष उत्सव

हेमा भट्ट, माघ ११, कैलाली  महिन्द्रा गाडी प्रयोगकर्ताहरूका लागि प्रतिक्षित...

मोबाइल चिन्हसहित स्वतन्त्र आम–जनतापाटिबाट लक्ष्मी कुमारी बिष्ट भट्टको उम्मेदवारी

हेमा भट्ट, माघ १०, कञ्चनपुर कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र...

कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्व हस्तान्तरण, विकास र सहकार्यको नयाँ अध्याय

हेमा भट्ट, माघ ९, कञ्चनपुर कञ्चनपुर । कञ्चनपुर जिल्लाको उद्योग,...

मर्निङ्ग ग्लोरी कस्मिट ब्रेन हाजिरीजवाफ प्रतियोगिता ः महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० प्रथम

धनसिह धामी कञ्चनपुर ६ माघ । कञ्चनपुरको एक निजी विद्यालयले हाजिरीजवाफ...

रमेश लेखक पक्षधर नेता कार्यकर्ताद्वारा दोधारामा गगन र विश्वप्रकासको पुत्ला दहन

कञ्चनपुर, ६ माघ । कञ्चनपुर निर्वाचन क्षेत्र ३मा रमेश लेखकलाई...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?